+
+

नक्कली प्रमाणपत्रधारी पाइलटले जागिर छाड्न थाले

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २४ गते ५:४०

pilot२४ वैशाख, काठमाडौं । नक्कली प्रमाणपत्रका आधारमा पाइलट बनेका विशाल कार्की पक्राउ परेपछि अन्य पाइलटले पनि धमाधन राजीनामा दिन थालेका छन् ।

विहीबार विभिन्न एयरलाइन्समा कार्यरत पाँचजना पाइलटले राजीनामा दिएका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले मंगलबार गोमा एयरमा एक वर्षदेखि को पाइलटका रुपमा कार्यरत काकीलाई पक्राउ गरेको थियो ।

६८ जनाको शैक्षिक प्रमाणपत्र झिकाएर अनुसन्धान सुरु भएपछि अन्य पाइलटले पनि राजीनामा दिएका हुन् । आफूहरुमाथि छानविन सुरु भएपछि देशका ठूला एयरलाइन्समै कार्यरत पाइलटले राजीनामा दिएको स्रोत बताउँछ ।

सिआइबीका निर्देशक डिआइजी नवराज सिलवालले पनि पाइलटहरुले राजीनामा दिएको सूचना पाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?