Comments Add Comment

कुटपिटबाट महिलाको मृत्यु

२५ वैशाख, लहान । स्थानीयको कुटपिटबाट गएराति सिरहाको सिलौरापछवारी–८ खैरीटोलका एक महिलाको मृत्यु भएको छ ।

kutpitमृत्यु हुनेमा ४० वर्षीया सागरदेवी यादव रहेको प्रहरीले जनाएको छ । स्थानीय दीपेन्द्र यादव, शैलेन्द्र यादव, सावित्री यादव, इन्द्रदेव यादव र सञ्जीत यादवलगायको कुटपिटबाट गम्भीर घाइते सागरदेवीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।

दाजुभाइबीच भएको पुरानो रिसिइबीको निहुँमा देवर नाता पर्ने ती व्यक्तिले गएराति सागरदेवीलाई मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीको भनाइ छ । कुटपिटमा संलग्न पाँचै जना फरार भएकाले खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment