+
+
Shares

दुर्घटनामा परी कोरियामा दुई नेपालीको मृत्यु

ऐश्वर्य श्रेष्ठ ऐश्वर्य श्रेष्ठ
२०७३ वैशाख २५ गते ११:४६
इश्वर गुरुङ
इश्वर गुरुङ

सोल । दक्षिण कोरियामा कार्यरत दुई नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ । बिहिबार एक नेपालीको कारको ठक्करले  मृत्यु भएको छ भने शुक्रबार एक महिलाको मेसिन सफा गर्ने क्रममा चिप्लिएर ज्यान गएको हो ।

बिहीबार राति करिब ११ बजे इन्छनमा पछाडिबाट कारले ठक्कर दिएको बौद्ध परिवार कोरियाका अध्यक्ष ईश्वर गुरुंगलाई पोच्छानको क्याथोलिक अस्पतालमा पुराएको केही क्षणमा मृत घोषणा गरेको थियो । १५ बर्ष अघि कोरिया आएका गुरुंग समाज सेवामा सक्रिय थिए । नेपालको स्यांजा मनकामना घर भएका गुरुंगको एक श्रीमती र एक छोरी छन् ।
त्यसैंगरी कोरियाको राजधानी सोल नजिकैं पर्ने ससानमा रहेको कम्पनीमा मेशिन सफा गर्ने क्रममा चिप्लिएर गोरखा बक्रामकी २१ बर्षीय सिर्जना पन्त कार्कीको ज्यान गएको छ । कुखुरा फर्ममा कार्यरत मृतक सिर्जना एक महिनाअघि मात्र रोजगारीका लागि कोरिया आएकी थिइन् ।
घटनाबारे अनौपचारिक जानकारी आएको सोलस्थित नेपाली दूताबासका श्रम सहचारी देवराज ढकालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?