२६ वैशाख, काठमाडौं । बार्यन म्युनिखले लगातार चौथो पटक जर्मन लिग बुन्डेजलिगाको उपाधि जितेको छ । उसको यो २६ औं उपाधि समेत हो ।
बार्यनले शनिबार राति भएको खेलमा इंगलस्टाडलाई २-१ गोल अन्तरले पराजित गरेको छ । खेलमा बार्यनले १५ औं मिनेटमा रोबर्ट लेभान्डोस्कीको पेनाल्टी गोलबाट अग्रता लिएकाके थियो । ३२ औं मिनेटमा उनले नै अग्रता दोब्बर पारे ।
खेलको ४२ औं मिनेटमा इंगलस्टाडले पनाल्टी गोल गर्यो र पहिलो हाफमा बार्यन म्युनिख २-१ ले अगाडि रहृयो । दोस्रो हाफमा दुबै टिमबाट गोल हुन सकेन र बार्यन म्युनिखले च्याम्पियन बनेको छ ।
प्रतिक्रिया 4