Comments Add Comment

सेल्टिक लगातार पाँचौं पटक च्याम्पियन

Celtic

२६ वैशाख, काठमाडौं । सेल्टिक लगातार पाँचौं पटक स्कटिस प्रिमियरसिप च्याम्पियन बनेको छ । आइतबार भएको संघर्षपूर्ण खेलमा एबरडीनलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेल्टिकले उपाधि पक्का गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा सेल्टिकले ४९ औं मिनेटमा तीन गोलको अग्रता लिएको थियो । तर, एबरडीनले खेलमा पुनरागमन गर्‍यो । ५७ औं मिनेटमा मगेनले गोल गरे भने ६४ औं मिनेटमा कोन्सिडाइनले गोल गरे ।

खेलमा थप गोल हुन सकेन र सेल्टिकले स्कटिस पि्रमियरसिपको ४७ औं उपाधि जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment