Comments Add Comment

हट सुरविनासँग कर्माले लाजको सिमाना नाघेपछि(भिडियो)

karma and surbina
नायक सौगात मल्लले खाली सिलिन्डर बोकेको फस्टलुक रिलिज गरेपछि चलचित्र ‘लुकामारी’ अहिले चर्चामा छ । यो चलचित्र अषाढ १० गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रको प्रदर्शन मिति नजिकिदै गएपछि यसको निर्माणपक्षले दोश्रो गीत सार्वजनिक गरेको हो । ‘काठमाण्डौ’ बोलको गीत सार्वजनिक गरेपछि यसको निर्माणपक्षले ‘प्रस्ताव’ बोलको दोश्रो गीत रिलिज गरेको छ ।
विकास सिलवाल र प्रविशा अधिकारीको स्वर, किरन बरालको शब्द, विकास सिलवालको संगीत यो गीतमा छ ।

यो गीतको भिडियोलाई उत्कृष्ट बनाइएको छ । भिडियोमा चलचित्रका मुख्य दुई कलाकार कर्मा र सुरविना कार्कीलाई फिचरिङ गरिएको छ । सुरविना गीतमा कामुक देखिएकी छिन् । भिडियोको लोकेशन, छायांक शैली गजबको छ ।

सुशन प्रजापतिले खिचेको यो गीतको कोरियोग्राफी रेनशा वान्तवा राइले गरेकी हुन् । चलचित्रमा सौगात मल्ल, कर्मा, विक्रम सिंह, सुरविना कार्की, रीस्ता बस्नेत, कृष्णभक्त महर्जन, जेवी डीसी आदिको मुख्य भूमिका छ । चलचित्रमा श्रीराम दाहालको कथा तथा निर्देशन छ । चलचित्रलाई सुरजमान सिंह भण्डारीले निर्माण गरेका हुन् । अबको केही दिनमा चलचित्रको ट्रेलर रिलिज गर्ने तयारी गरिएको निर्माता भण्डारीले जानकारी दिए । कमेडी, सस्पेन्स कथामा यो चलचित्र तयार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment