Comments Add Comment

संघीय प्रेस फोरम सप्तरीको गठन

२७ वैशाख, सप्तरी । सञ्चारकर्मीहरुको एक भेलाले सोमबार संघीय प्रेस फोरम सप्तरी जिल्ला तदर्थ समिति गठन गरिएको छ । संघीय प्रेस फोरमका केन्द्रीय सल्लाहकार शम्भु झाको अध्यक्षतामा वसेको बैठकले समिति गठन गरिएको हो ।

समितिको अध्यक्षमा श्यामसुन्दर यादव, उपाध्यक्षमा बृजमान तामाङ्ग, सचिव जितेन्द्रकुमार झा, सह-सचिवमा दिपा कर्ण र कोषाध्यक्षमा धर्मपाल राउत रहेका छन् ।

१९ सदस्यीय उक्त जिल्ला तदर्थ समितिका सदस्यहरुमा बैद्यनाथ यादव, शिवप्रताप साह, गंगाप्रसाद साह, राजु शर्मा, किशोर पासवान, राजेन्द्र मिश्र, रामनाथ यादव, बन्दना मण्डल, अञ्जु यादव, पल्लबी मिश्र, रविन्द्र साह, विद्यानन्द्य राम, सनोज विश्वास र रामनाथ चौधरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment