+
+

मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार कार्कीलाई

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २८ गते १६:२५

काठमाडौं । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७३’ वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई प्रदान गरिने भएको छ ।

यस वर्षदेखि प्रदान आरम्भ गरिने पुरस्कारको राशि पचास हजार छ ।  विभागका प्रमुख तथा पार्टीका सचिव योगेश भट्टराईको अध्यक्षतामा मंगलबार बसेको बैठकले कार्कीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

पुरस्कार चयनका लागि वरिष्ठ पत्रकार नारायण ढकाल संयोजक तथा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति शिव गाउँले र साहित्यकार वासुदेव अधिकारी सदस्य रहेको पुरस्कार सिफारिस समिति गठन भएको थियो ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा २०७३ जेठ ३ गते पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा पहिलो पटक यो पुरस्कार प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?