+
+
Shares

सिरहामा अवैध रुपमा सञ्चालित एक दर्जनभन्दा बढी अस्पताल बन्द

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २९ गते ९:५४

hospital२९ वैशाख, लहान । सिरहाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर नेतृत्वको संयुक्त अनुगमन टोलीले सिरहाको विभिन्न स्थानमा अवैध रुपमा सञ्चालित अस्पताल बन्द गराएको छ ।

प्रजिअ सहितको संयुक्त अनुगमन टोलीले  गरेको अनुगमनका क्रममा जिल्लाका विभिन्न स्थानमा बिनादर्ता अवैध रुपमा सञ्चालनमा रहेका एक दर्जनभन्दा बढी अस्पताललाई बन्द गराएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा दयाशङ्कर लाल कर्णले जानकारी दिए ।

सिरहाको लहान, गोलबजार र मिर्चैयामा गरिएको अनुगमनका क्रममा बिनाप्रक्रिया र बिनादर्ताले सञ्चालनमा रहेको पाइएपछि ती अस्पताललाई बन्द गराएको उनले बताए ।

उनका  अनुसार लहानस्थित त्रिदेव अस्पताल, गोलबजारस्थित श्रीराम अस्पताल, मिर्चैयास्थित मङ्गलम अस्पताल, ग्लोबल अस्पताल, आर्य सिटी अस्पताल र एमएम अस्पतालसहित जिल्लामा अवैध रुपमा सञ्चालनमा रहेका एक दर्जनभन्दा बढी अस्पताललाई बन्द गराइएको छ ।

बन्द गराइएका अस्पताललाई दर्ताका साथै सम्पूर्ण कागजी प्रक्रिया नपुर्याउन्जेल सञ्चालन नगर्न निर्देशनसमेत दिइएको प्रमुख डा कर्णले बताए ।  बन्द गराइएका अस्पतालको निगरानी गर्ने जिम्मा स्थानीय प्रहरीलाई दिइएको छ । अनुगमन टोली आउँदै गरेको खबर पाएपछि केही अवैध अस्पतालका सञ्चालक अस्पताल बन्द गरी फरार भएका थिए ।

अवैध रुपमा सञ्चालनमा रहेका अस्पताललाई अनुगमन गर्न निरन्तरता दिने सिरहाका प्रमुख जिल्ला अधिकारी मानन्धरले बताए ।

अनुगमन टोलीमा प्रजिअ मानन्धरसहित जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा कर्ण, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवाली, इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्याम सिंह चौधरी, सशस्त्र प्रहरी बल बेस क्याम्प मिर्चैयाका प्रहरी नायब उपरीक्षक पूर्ण कुँवर, इलाका प्रशासन कार्यालय लहानका प्रमुख तुलसीराम पोखरेल र नेपाल पत्रकार महासङ्घ सिरहाका सभापति देवकुमार यादव रहेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?