+
+
Shares

अस्पतालले भन्यो– गाँजा भेटिएको भ्यान हाम्रो होइन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १२:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगरको दिव्य ज्योति आँखा अस्पतालले ६० किलो गाँजा बरामद भएको भ्यान अस्पतालको नभएको दाबी गरेको छ।
  • सञ्चालक देवा यादवले अस्पतालको नाम दुरुपयोग गरी तस्करी गर्ने व्यक्ति र भ्यानलाई कारवाही गर्न माग गरेका छन्।

१७ भदौ, विराटनगर । विराटनगरको दिव्य ज्योति अस्पतालले गाँजा बरामद भएको भ्यान अस्पतालको नभएको दाबी गरेको छ । मंगलबार राति प्रहरीले दिव्य ज्योति आँखा अस्पताल लेखिएको भ्यानबाट ६० किलो गाँजा बरामद भएको थियो ।

दिव्य ज्योति आँखा अस्पताल विराटनगरका सञ्चालक देवा यादवले बुधबार पत्रकार सम्मेलन गर्दै गाँजा बरामद भएको भ्यान अस्पतालको नभएको दाबी गरेका हुन् ।

दिव्य ज्योति अस्पताल लेखिएको भ्यानमा गाँजा भेटिएको घटनापछि अस्पताललाई जोडिएको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ उनले भने,’ त्यो भ्यान अस्पतालको होइन् ।’ अस्पतालको नाम दुरुपयोग गरी गाँजा तस्करी गर्ने व्यक्ति र भ्यानलाई कारवाही गर्न उनले माग गरेका छन्।

मंगलबार राति विराटनगर महानगरपालिका– १६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल बिओपी दरैयाबाट खटिएको टोलीले ‘दिव्य ज्योति अस्पताल प्रा. लि.’ लेखिएको को१च ६६२० नम्बरको सुजुकी भ्यानमा ६० किलो गाँजा बरामद गरेको थियो ।

सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्न खोज्दा भ्यानका चालक गाडी छोडेर फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?