Comments Add Comment

ताप्लेजुङमा एक पुरुष मृत भेटिए, हत्या भएको आशंका

Mirtak

२९ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा क्षेत्रमा एक व्याक्ति झुण्डिएको अबस्थामा मृत फेला परेका छन् ।

सुकेटार-पाथिभरा सडक खण्ड अन्तर्गत फावाखोला र फुरुम्बु गाविसको सिमाना छातेढुङ्गा नजिकैको जंगलमा डोरीको पासो लगाई झुण्डिएको अबस्थामा एक पुरुषको सव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

एउटा खुट्टा नभएको र सव सडेको अबस्थामा फेला परेकाले पहिचान गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी रामबहादुर केसीले जानकारी दिए ।

स्थानीयले मंगलबार दिउँसो करीव चार बजे सडेको अबस्थामा सव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । सव पोस्टमाटमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा राखिएको छ ।

डोरी सानो रुखको हाँगामा बाँधेको र अनुहारमा चोट साथै एउटा खुट्ट नभएकाले हत्या गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उनले लगाएको महगो जुता, कपडा, क्यामराको खोल लगायतका सामाग्री शव नजिकै फेला परेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment