Comments Add Comment

बटर स्कच र कफीको स्वादमा आयो क्रेभ क्याण्डी

Crave

काठमाण्डौ । सुजल फुड्सले लोकप्रिय क्रेभ क्याण्डीलाई बटर स्कच र कफीको स्वादमा नयाँ प्याकेजिङसहित नेपाली बजारमा ल्याएको छ । सन् २००४ देखि उत्पादन सुरु भएको क्रेभ क्याण्डी नयाँ पुस्ताका बालबालिकालाई लक्षित गरि ल्याएको हो ।

नयाँ स्वादसँगै क्रेभको सज्जा र प्याकेजिङ पनि परिवर्तन भएको छ । पहिले अण्डाकारमा रहेको क्याण्डी अहिले गोलो बनेको छ भने मुखमा हाल्नासाथ नयाँ स्वादको अनुभूती हुन्छ । ‘क्वाप्प खाउ, स्वादमा रमाउ’ भन्ने प्रचार अभियानसहित ल्याइएको क्याण्डीको मूल्य जम्मा १ रुपैयाँ रहेको छ ।

चार दशकदेखि उत्कृष्ट चकलेट उत्पादन गर्दै आएको सुजल फुड्सका चाकोफन, सुजल गम, लभबर्डस् लगायतका ब्राण्ड निकै लोकप्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment