Comments Add Comment

२५ हजार लाइसेन्स व्लुबुक निलम्बन हुँदै

३१ वैशाख, काठमाडौं । ट्राफिक नियम उल्लंघनपछि कारबाहीका लागि ट्राफिक प्रहरीले लिएको कागजपत्र एक महिनाभित्र फिर्ता लिनुपर्ने भएको छ ।

Nepali-Drivers-Licence-302x177नत्र चालकका लाइसेन्स तथा व्लुबुक निलम्बन हुने र थप जरिवाना तिर्नुपर्ने ट्राफिक प्रहरीले जनाएको छ । यातायात व्यवस्था एनअनुसार कारबाहीका लागि खिचिएको कागजपत्र एक महिनाभित्र जरिवाना तिरेर फिर्ता लिइसक्नुपर्ने प्रावधान रहेको आजको नयाँ पत्रिका दैनिकले जनाएको छ ।

सोही एनलाई महानगरीय ट्राफिक महाशाखाले कडाइका साथ लागू गर्न लागेको हो ।

कारबाहीका तानिएका कागजपत्र वर्षैंसम्म लिन नआउने प्रवृत्ति रोक्न यातायात  व्यावस्था ऐनको स्पिरिटअनुसार आफूहरु अघिबढेको महाशाखाका प्रमुख डिआइजी प्रकाश अर्यालले बताए ।

महाशाखाले करिब २० हजार लाइसेन्स तथा व्लुबुक निलम्बन प्रक्रियाका लागि यातायात व्यावस्था कार्यालय पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment