३१ वैशाख, काठमाडौं । माथिल्लो मनाङको टंकी मनाङ नजिकै पदमार्गको एक कुनामा सानो ग्यास सिलिन्डरमाथि चिया उम्लिरहेको थियो ।
समूहमा रहेका पर्यटकहरु चिया खान प्लाष्टिकका कप झोलाबाट निकाल्दै थिए भने केही आराम गर्दै थिए । नजिकै रहेको एक चिया पसलका सञ्चालक कान्छा लाम भन्दैथिए, ‘अब चिया पसल बन्द हुने भयो । ‘ आजको कारोबार दैनिकमा समाचार छ ।
केही समययता अन्नपूर्ण पदमार्गमा आफै पकाएर खाने पर्यटकको संख्यामा बृद्धि हुन थालेको छ ।
‘पदयात्राभरि खर्च घटाउन पर्यटकले आफैँ पकाएर खान थालेका छन् । आजभोलि आउने पर्यटकहरु प्रायः आफैँ पकाएर खान्छन,’ लामाले भने ।
राउन्ड अन्नपूर्ण पदमार्गमा आउने करिब २० प्रतिशत पर्यटक पदयात्राभरि आफूलाई चाहिने सबै खानेकुरादेखि पकाउने ग्यास स्टोभ र अन्य भाँडासमेत लिएर आउने गर्छन् । पर्यटकहरुका लागि पदमार्गका विभिन्न स्थानहरुमा चिया पसलदेखि खोलिएका छन् ।
तर, हिजो आज आउने पर्यटकहरुले आफैँले समपूर्ण व्यवस्था गर्न थालेपछि मनाङका होटल व्यवसायीहरु समस्यामा परेका छन् ।
२८ दिन लामो पदमार्ग छोटि्टएर ७ दिनमा झरिरहेका बेला सेल्फ कुकिङ गर्ने विदेशी पर्यटक पदमार्गमा आउन थालेपछि मनाङका पर्यटन व्यवसायी समस्यामा परेका छन् । पदयात्राका लागि आउने पर्यटकले राति सुत्न पनि निः शुल्क कोठमा माग्छन् ।
प्रतिक्रिया 4