चलचित्र ‘रेशम फिलिली’को ‘जालमा’ गीत चलेपछि यस्तै शैलीको गीत तयार गर्ने प्रयास नभएका होइनन् । तर, यो गीतले जस्तो चर्चा अरुले पाएका छैनन् । चलचित्र ‘सुन्तलीलाइ भगाई लग्यो झिल्केले’को शिर्ष गीतमा पनि ‘जालमा’ शैली देखिएको छ ।
संभवत कालिप्रसाई बास्कोटाकै स्वर यो गीतमा पनि भएकाले त्यस्तै शैली सुनिएको हुनसक्छ । माण्डवी त्रिपाठीले बाँस्कोटालाई गायकीमा साथ दिएकी छिन् । विपिन आचार्यको संगीत रहेको यो गीतमा ऋषिराज आचार्यको शब्द छ । चलचित्रलाई ऋषिले नै निर्देशन गरेका हुन् ।
साउन २१ गतेबाट रिलिज हुने यो चलचित्रमा सुशान्त कार्की, सुशिल सिटौला, शिशिर भण्डारी, सुरजनी केसी, रीजा भुषालको मुख्य भूमिका छ । सार्वजनिक गीतमा भने सुरजनी र सुशिललाई फिचरिङ गरिएको छ । गीतको प्रस्तुती शैलीले यसले चर्चा पाउन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4