Comments Add Comment

जेठ १५ गते त्रिशुलीमा र्‍याफ्टिङ महोत्सव

Rafting-Trishuli

३१ वैशाख, काठमाडौं । यही जेठ १५ गते त्रिशुली नदिमा र्‍याफ्टिङ महोत्सव आयोजना हुने भएको छ । जलयात्रा व्यवसायीहरुको छाता संगठन नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा)ले महोत्सव आयोजना गर्न लागेको हो ।

नेपालमा साहसिक जलयात्राको प्रचार, प्रसार, विकास, विस्तार र प्रवर्धनका लागी नाराले तीन दशकदेखि र्‍याफ्टिङ आयोजना गर्दै आएको छ ।

विनाशकारी भूकम्प र चार महिना लामो नाकाबन्दीपछि नेपाली पर्यटनको विदेशमा नकरात्मक सन्देश प्रवाह भएको छ । उक्त भ्रामक सन्देशलाई चिर्दै नेपालको जलयात्रा क्षेत्र सुरक्षित रहेको सन्देश प्रवाह गर्नका लागि महोत्सव प्रभावकारी हुने नाराका अध्यक्ष चन्द्रबहादुर दाहालले विश्वास व्यक्त गरे ।

नेपालमा साहसिक जलयात्राको माध्यमबाट समग्र पर्यटन क्षेत्रको प्रचार-प्रसार र प्रवर्धनका लागी यो महोत्सव आयोजना गर्न लागेको अध्यक्ष दाहालले बताए । यो महोत्सवले पर्यटन बोर्डले घोषणा गरेको  नेपाल घुमफिर बर्ष २०७३ लाई समेत सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

नाराले सन् १९८९ देखि निरन्तर रुपमा जलयात्रा महोत्सव आयोजना गर्दै छ । महोत्सवका सभागी हुनका लागि नाराले टिकटको मूल्य दुई हजार तोकेको छ । यो शुल्क तिरेपछि यातायातको सुबिधा, खाना खाजा र र्‍याफ्टिङ सुविधा प्राप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment