Comments Add Comment

ललितपुरमा चुरे भावरको कार्यकर्ता प्रशिक्षण

३१ वैशाख, काठमाडौं । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले ललितपुरको लगनखेलमा उपत्यकास्तरीय कार्यकर्ता प्रशिक्षण आयोजना गरेको छ ।

Badri-Neupane,-Chure-Vabarललितपुरको लगनखेलस्थित एक पार्टी हाउसमा आयोजित प्रशिक्षण तथा भेलामा करिब दुई सय कार्यकर्ताहरु सहभागी थिए ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्रि न्यौपानेले जनतालाई दुःख दिएर कसैले पनि आफ्ना कार्यक्रम ल्याए त्यसको प्रतिकार गर्ने चेतावनी दिए ।

‘जनतालाई दुःख दिने कार्यक्रमको हाम्रो पार्टीले सधैं विरोध गर्दै आएको छ’, न्यौपानेले भने, ‘राजधानीका जनताको साथमा चुरे भावर छ । देश र जनताविरुद्ध हुने कुनै पनि कार्यक्रमको हामी कडा विरोधी हौं ।’

राष्ट्रियतामा आँच आउने काम कसैले गर्न नहुने भन्दै उनले नेपालको सार्बभौमसत्ता, राष्ट्रिय अखण्डता र जनहितको पक्षमा डटेर प्रस्तुत हुन कार्यकर्ताहरुलाई निर्देशन दिए ।

वर्तमान सरकारले आफूहरुसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्न चासो नदेखाएको भन्दै उनले आपत्ती पनि जनाए । सम्झौता कार्यान्वयनका लागि कुनै पनि बेला सडक संघर्षमा उत्रिने अबस्था आउन सक्ने भन्दै उनले त्यसका लागि तयारी अबस्थामा रहन कार्यकर्ताहरुलाई निर्देशन दिए ।

प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष हरि पोखरेल, सचिवद्वय उमेश पराजुली र संगम लामा, केन्द्रीय सदस्यहरू विदुर घिमिरे, मणि भण्डारी, सीवी तामाङ, ध्रुव भट्टराई, कृष्ण लामा, नीमा लामा, उपत्यका कार्यकर्ता परिचालन समितिका संयोजक शुकमान लामालगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment