Comments Add Comment

गाडी चढेर कतै जाँदै हुनुहुन्छ ? जाममा परिएला

Traffic Jam (1)

२ जेठ, काठमाडौं । संघीय गठवन्धनले आइतबार विहान ९ बजेदेखि सिंहदरवार घेराउ गरिरहेको छ । जनतालाई दुःख दिने कार्यक्रम नगर्ने भन्दै गठवन्धनले सिंहदरवार घेराउको कार्यक्रम राखेको हो ।

तर, जनताले निकै दुःख पाएका छन् । सिंहदरवार घेराउका कारण काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । काठमाडौंमा सार्वजनिक सवारी साधन चल्ने अधिकांश रुटहरु प्रभावित भएका छन् ।

सुरक्षाकर्मीहरुले माइतीघर मण्डला, बानेश्वर, पुतलीसडक क्षेत्रमा सवारी साधन रोकेका छन् । जसका कारण सार्वजनिक यातायातमा यात्रा गर्नेहरु घन्टौं जाममा बस्नु परेको छ । चर्को घाममा घण्टौं कुर्नुपर्दा गाडी चालक र यात्रुहरु हैरान छन् ।

Traffic Jam (2)

पुतलिसडक हुँदै सिंहदरवारको बाटो प्रयोग गरेर गुड्ने सवारी साधनलाई पदमोदय मोडबाट डाइभर्सन गरिएको छ । त्यो रुटबाट माइतिघर हुँदै वानेश्वर आउन सकिने अवस्था छैन । त्यसो त र पदमोदय मोडबाट अनामनगर हुँदै हनुमानस्थान चल्ने रुटमा भने वैद्यखाना भन्दा अगाडिको मोडबाट बाँसघारी तिर फर्काएको छ ।

यस्तै तिनकुनेबाट नयाँ बानेश्वर हुँदै माइतिघरतिर जाने सार्वजनिक सवारी साधनलाई पनि नयाँ बानेश्वरबाटै फर्काइएको छ । कालिमाटीबाट त्रिपुरेश्वर हुँदै माइतिघर आउँदै हुनुहुन्छ भने पनि तपाईँ त्रिपुरेश्वरसम्म मात्रै आउन सक्नु हुनेछ । ट्राफिक प्रहरीले माइतिघरको बाटो भएर चल्ने सवारी साधनलाई अन्यत्र डाइभर्ट गरेको छ ।

Traffic Jam (3)

सिंहदरवार घेराउ गरिरहेका आन्दोलनकारीहरुलाई अनामनगरको हनुमानस्थान, माइतीघर मण्डलामा रोकिएको छ । त्यहि रुटबाट चल्ने सवारी साधनहरुलाई अन्यत्र पठाइएको छ ।

नियमित रुटमा सवारीसाधन चल्न नसकेपछि काठमाडौंका अन्य सडकमा पनि त्यसको असर परेको छ ।

ट्राफिक प्रहरीका अनुसार अहिले एयरपोर्टको रुट, बालकुमारी, भोटेबहाल, कालिमाटी, कुपण्डोल, नयाँ बानेश्वर, पदमोदय मोड, टेकु, थापाथली, त्रिपुरेश्वर, लगायतका रुटमा सवारी जाम छ ।

माइतीघर र अनामनगरस्थित हनुमानस्थानमा भने अत्याधिक जाम रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

रत्नपार्क वरपरको क्षेत्र, केशरमहल-ठमेल सडक, कुपण्डोल-माइतीघर सडक र बबरमहल-सिंहदरबार-थापाथली क्षेत्रमा पनि जाम रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment