+
+

ओम डेभलपमेन्ट बैंकको नाफा १४ करोड १० लाख

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २ गते १८:१३

२ जेठ, काठमाडाैं । पोखराको चिप्लेढुङ्गामा मुख्य कार्यालय रहेको ओम डेभलपमेन्ट बैंकले याे वर्षको तेस्राे त्रैमासमा १४ करोड १० लाख नाफा अार्जन गर्न सफल भएको छ । हाल बैंक ले २५ वटा शाखा मर्फत बैंकइङ सेवा दिँदै आइरहेको छ ।

om-developmentबैंकको २५ शाखा मध्ये २ शाखा काठमाडौंमा र एउटा बिकट हिमालि जिल्ला मनाङमा छ ।

गत चैत्र २२ गतेबाट सिटी डेभलपमेन्ट बैंक लिमिटेड र ओम फाइनान्स लिमिटेड आपसमा गाभिएर राष्ट्रियस्तरको विकास बैंक अर्थात डेभलपमेन्ट बैंकको रुपमा  एकीकृत कारोबार सुरु गरेको थियो । बैंकको चुक्ता पुँजी १ अर्ब  ५ करोड, निक्षेप १० अर्ब ९२ करोड, कर्जा ९ अर्ब ८ करोड रूपैयाँ छ ।

बैंकले चारवटा अञ्चलमा आफ्नो शाखा मार्फत काम गर्दै आएको छ । बैंकले भुकम्पपीडित आवास कर्जा, युवासँग ओम र ओम सहुलियत कर्जा लगायतका कार्यक्रममार्फत ग्राहकको मन जित्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?