Comments Add Comment

असिना पानीका कारण करोडौँको सुन्तलाखेती र अन्नबाली नष्ट

3 asina३ जेठ, पर्वत । सुन्तला उत्पादनको मुख्य पकेट क्षेत्र पर्वतको देउपुर गाविसमा आइतबार दिउँसो परेको असिना पानीका कारण करोडाैंको फलफुल र अन्नबालीमा क्षति भएको छ ।

दिउँसो ४ बजेपछि आधा घन्टासम्म परेको असिनाले भर्खर फल्न लागेको सुन्तला पूर्णरुपमा झरेर नष्ट भएको छ । देउपुर गाविसमा मात्रै वार्षिक र एक करोडभन्दा बढीको सुन्तला बिक्री हुँदै आएको छ ।

भर्खरै फल लागेको थियो सबै झारिदियो स्थानीय सुन्तला उत्पादक कृषक दाताराम चापागाईंले भने । मुख्य बालीनालीनै पूर्णरुपमा क्षति भएपछि स्थानीयवासी चिन्तित बनेका छन् । असिना ५० ग्रामभन्दा ठूलो रहेको पनि उहाँले जानकारी दिए । असिना पानीले तरकारी, पाकेको गहुँबाली र मकै खेतीमा समेत क्षति पुर्याएको छ ।

त्यस्तै व्यावसायिक रुपमा तरकारीखेती गरेका देउपुर, भुकताङले र बाजुङ गाविसका कृषकको तरकारी समेत असिनाले नष्ट गरेको चापागाईंले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment