+
+

विराटनगरमा पशुबधशालाको निर्माण थालियो

रासस रासस
२०७३ जेठ ३ गते १०:४९
meat-masu
३ जेठ, पथरी (मोरङ) । बजेट अभावमा केही वर्ष अघिदेखि रोकिएको विराटनगरको बधशाला निमार्णको काम पुनः सुरु भएको छ ।

विराटनगर उपमहानगरपालिकाले जगेडा कोषबाट ६० लाख उपलब्ध गराएपछि विराटनगरमा पुनः बधशाला निर्माणको काम सुरु भएको उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले जानकारी दिए ।

आव २०६५÷६६ मा सरकारबाट बजेट निकासा भएपछि उपमहानगरपालिका–११ स्थित हाटखोलामा बधशाला निर्माण कार्य सुरु गरिएको थियो तर बजेट अभावमा बधशाला निर्माण रोकिएको थियो ।

नगरवासीलाई स्वस्थ मासु बिक्रीका लागि उपयुक्त स्थान बनाउने उद्देश्यले बधशाला निर्माण थालिएको हो । तर बजेट नै नभएको भन्दै निर्माण कार्य अलपत्र बनेको थियो ।

बधशाला निर्माणमा उपमहानगरपालिकाको रु १८ लाख खर्च भइसकेको उपमहानगरपालिका पशुपक्षी महाशाखाका प्रमुख हीरालाल यादवले बताए ।

विराटनगरमा उपमहानगरपालिकामा दर्ता तथा अनुमति लिएका २०० वटा मात्र मासु पसल सञ्चालित छन् ।

व्यवस्थित बधशाला बिना सहरी क्षेत्रमा पशु बधशाला तथा मासु जाँच ऐन २०५५ समेत कार्यान्वयन हुन नसक्ने पूर्वाञ्चल क्षेत्रीय पशु सेवा कार्यालयका अधिकृत डा अशोक सिंहको भनाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?