Comments Add Comment

रक्सीले मातेर सिंघानियालाई गोली हानेंः लामा

Manak-Lama-Arrested

३ जेठ, जनकपुरधाम । सञ्चार उद्यमी अरुण सिंघानिया हत्याका मुख्य सुटर मानिएका मनक लामाले रक्सीले मातेपछि गोली हानेको बयान दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखाको टोलीले सञ्चार उद्यमी सिंघानिया हत्याका मुख्य सुटर लामालाई नेपाल-भारत सीमा क्षेत्रको विराटनगर नजिकबाट पक्राउ गरी सोमबार सार्बजनिक गरेको छ ।

लामाले पैसाको लोभमा परेर सिंघानियाको हत्या गरेको स्वीकारेका छन् ।

लामाका अनुसार फरार सूचीमा रहेका रामविनोद यादव र एकलाल सहनीले ८ देखि १० लाखसम्म रकम पाउने गरी सिंघानियालाई गोली हान्ने सम्झौता भएको थियो । चन्द्रदीप यादव, एकलाल सहनी र पवन लामासहितको टोली जनकपुरको होटल रामामा बसेर रक्सी खाएको र मातेपछि सिंघानियालाई गोली हानेको उनले बताएका छन् । तर हत्यापछि आफूलाई उक्त रकम नदिइएको लामाको दावी छ ।

हत्याका सुटर आरोप लागेका लामा प्रहरीलाई छल्दै मलेसिया बस्दै आएका थिए । त्यहाँबाट फर्केपछि छिमेकी मुलुक भारतका विभिन्न शहरमा लुकीछिपी बस्दै आएका थिए ।

लामा पक्राउपछि सिंघानिया हत्याको अनुन्सधान सहज भएको धनुषाका प्रहरी उपरिक्षक रामदत्त जोशीले बताए । बाँकी अभियुक्तहरुलाई समेत छिट्टै पक्राउ गरेर कानूनी दायरामा ल्याउने उपरीक्षक जोशीले दावी गरेका छन् ।

सञ्चार उद्यमी सिंघानिया हत्या आरोपमा अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन् । विक्रम संवत् ०६६ फागुन १७ गते होली पर्वका दिन सिंघानियाको जनकपुरको शिवचोकमा गोली हानी हत्या गरिएको थियो ।

यो पनि पढ्नुस्

सञ्चार उद्यमी सिंघानिया हत्याका मुख्य सुटर पक्राउ

सिंघानिया हत्याकाण्डमा निलम्बित सांसद साह मुछिए

सञ्चारउद्यमी सिंघानिया हत्याका योजनाकार अझै फरार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment