+
+

हिन्दुधर्म र संघीयताका विषयमा खुमबहादुरकै लाइनमा शशांक र शेखर

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ४ गते ६:४१

Khum-Bahadur-Khadka 810४ जेठ, काठमाडाैं । कांग्रेसमा अरूले पार्टीलाइन फलो गर्छन्, कोइराला परिवारले पार्टीको लाइन बनाउँछन् । त्यसैले कांग्रेसमा कोइराला परिवारलाई बोल्ने छुट छ । अरूभन्दा फरक प्रस्तुति, व्यक्तित्व र विचार दिन फरक ढंगले बोल्नुपर्छ भन्ने विश्वास कोइराला परिवारमा छ । त्यसैले, राजनीतिमा सक्रिय पछिल्ला कोइराला (शशांक)ले पनि कांग्रेसको नीतिभन्दा फरक धारणा राख्दै आएका छन् । अाजको नयाँ पत्रिकामा समाचार छ ।

महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेपछि तथा निर्वाचित भएपछि शशांकका विचारहरू प्रखर रूपमा बाहिर आउन थालेका हुन् । तर, हिन्दुधर्मको पक्षमा र संघीयता तथा गणतन्त्रको विपक्षमा उनले पार्टीभित्र निरन्तर आवाज उठाउँदै आएका थिए । अघिल्लो महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि शशांकले केन्द्रीय समितिका सबैजसो बैठकमा आफ्ना भनाइ स्पष्ट रूपमा राख्दै आएका थिए ।

शशांकको विचारमा बिपीको सिद्धान्त नै कांग्रेसको सिद्धान्त हो । बिपीले अन्तिमसम्म पनि गणतन्त्र होइन, संवैधानिक राजतन्त्र । धर्मनिरपेक्षता होइन हिन्दुराष्ट्रको वकालत गर्दै आएका थिए । बिपीले कम्युनिस्टहरूसँग जहिले पनि दूरी बनाए । ।

तर, ०४६ सालमा गणेशमान सिंहले कम्युनिस्टहरूलाई पनि मिलाएर आन्दोलन गरेदेखि नै कांग्रेसले आफ्नो मौलिक सिद्धान्त बिर्सिएको शशांकको मान्यता छ । अझ ०६२/६३ मा आइपुग्दा त कम्युनिस्टहरूकै एजेन्डामा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता मानेर कांग्रेसले बिपीको सिद्धान्त बिर्सिएको उनको विश्लेषण छ । त्यसैले, उनी ग्रहण गरिएको सिद्धान्तबाट कांग्रेसलाई मुक्त गर्न चाहन्छन् ।

प्रकाश कोइरालामार्फत पनि शशांक र शेखर खुमबहादुरसँग नजिक छन् । कांग्रेसको भर्खरै सम्पन्न १३औँ महाधिवेशनमा देउवा खेमाबाट उम्मेदवार बने पनि खुमबहादुरले महामन्त्रीमा शशांकलाई मात्र होइन, सदस्यमा उठेका सबै कोइरालालाई मत हाले । त्यस्तै, कोइरालाहरूले पनि खुमबहादुरलाई आफ्नो मात्र मत दिएनन्, नजिकका सहयोगीलाई पनि मत दिन लगाए । हिन्दुधर्म र संघीयताका विषयमा उनीहरूको सामीप्यताका कारण नै यो गठबन्धन सम्भव भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?