५ जेठ, काठमाडौं । संविधानमा असन्तुष्टि जनाउँदै राजधानी केन्द्रित आन्दोलनमा रहेको संघीय गठबन्धनले आज रत्नपार्कस्थित शान्तिबाटिकामा सभा गर्ने भएको छ ।
सभा दिउँसो १ बजे आयोजना गरिएको गठबन्धनले जनाएको छ । सभालाई गठबन्धनमा आवद्ध २९ जातीय क्षेत्रीय दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
शनिबारबाट राजधानी केन्द्रित आन्दोलन सुरु गरेको गठबन्धनले सिंहदरबार बालुबाटार घेराउ गरेका थिए । गठबन्धनले आइतबार र सोमबार सिंहदरबार घेराउ गरेका थिए । मंगलबार आन्दोलनकारी प्रधानमन्त्री निवास घेराउमा पुगेका थिए ।
बालुवाटार घेराउमा प्रदर्शनकारीमा अधिकांश मधेसी महिला थिए । गठबन्धनमा आवद्ध दलले आन्दोलनमा सहभागी हुन उनीहरुलाई काठमाडौं ल्याएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4