५ जेठ, काठमाडौं । तीन दिनअघि विघटन गरिएको राप्रपा नेपालको ललितपुर जिल्ला कार्यसमितिको तदर्थ समितिको अध्यक्षमा बाबुकाजी प्रधानलाई जिम्मेवारी प्रदान गरिएको छ ।
पार्टीको बृहत्तर हित र एकता विपरीत कार्यमा संलग्न भएको भन्दै ललितपुरको यसअघिको कार्यसमितिलाई विघटन गरी प्रधानलाई सो जिम्मेवारी दिइएको सो पार्टीले जनाएको छ ।
प्रधान पार्टीको केन्द्रीय सदस्य तथा बाग्मती अञ्चल समन्वय समितिका संयोजक समेत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4