Comments Add Comment

बनेपा–काठमाडौं सिधा बस सञ्चालन सुरु

५ जेठ, बनेपा । बनेपाबाट काठमाडौंका  लागि आजदेखि सिधा बस सञ्चालनमा आएको छ ।

Bus
फाइल तस्वीर

काभ्रे बस व्यवसायी सङ्घ र काभ्रे मिनी बस सेवा समितिले संयुक्त रुपमा बनेपाका स्थानीयवासीका लागि लक्षित गरेर १५ वटा बस सञ्चालनमा ल्याएको हो ।

हरेक १५ मिनेटमा सञ्चालन हुने बसमध्ये काभ्रे बस व्यवसायी सङ्घले पाँच र काभ्रे मिनी बस सेवा समितिले १० वटा बस सञ्चालन गर्ने यातायात व्यवसायी सुरकृष्ण वैद्यले जानकारी दिए । विगत लामो समयदेखि काभ्रेपलाञ्चोकको धुलिखेल र पनौतीबाट काठमाडौंको लागि बस छुट्दै आएको थियो ।

‘धुलिखेल र पनौतीबाट काठमाडौँका लागि बनेपा बस आउँदा खचाखच भरिएको हुने भएकाले बनेपाका बासिन्दा उभिएर यात्रा गर्नुपर्ने अवस्था थियो, त्यसको अन्त्य भएको छ,’ यातायात व्यवसायी वैद्यले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment