+
+

कक्षा ११ को परीक्षा दिन हिडेका परीक्षार्थी पाँच दिनदेखि बेपत्ता

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७३ जेठ ६ गते ९:३८

६ जेठ काठमाडौं । कक्षा ११ को परीक्षामा सहभागी हुन घरबाट हिडेका एक किशोर पाँच दिन देखि सम्पर्क बिहिन भएका छन् ।

jabed khan_butwalबुटवल उपमहानगरपालिका ७ पुरानोबसपार्क घर भएका १७ वर्षीया जाबेद खान सम्पर्क बिहिन भएका हुन् ।

परीक्षा दिन घरबाट निस्किएका उनी अहिलेसम्म घर नफर्केको उनका बाबु जमिल खानले बताए । खान बुटवलको न्यू होराइजनमा ११ कक्षामा अध्ययनरत बिद्यार्थी हुन् ।

जेठ २ गते विहान ६ बजे कलेज पोसाकमा परीक्षा दिन हिडेका उनले लु २१ प ५७७५ नम्बरको रातो एफजेट मोटरसाइकल समेत लिएर गएका थिए ।

उनी परीक्षा दिन घरबाट हिडेपनि परीक्षामा सामेल नभएको मोवाइल पनि स्विच अफ रहेको उनका बाबुले अनलाइनखबरलाई बताए ।

उनका खोजी तीब्र पारिएपनि अहिलेसम्म कुनै उपलब्धि नभएका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?