Comments Add Comment

श्री कृष्ण प्रणामी युवा परिषद युएईको अध्यक्षमा अधिकारी चयन

सारजहा । सारजहामा आयोजित श्री कृष्ण प्रणामी युवा परिषद युएई च्याप्टरको साधारणसभाबाट तुलप्रसाद अधिकारीको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

‘दुर्व्यसन त्यागौं, सेवामुखी बनौं’ भन्ने मूल नाराका साथ यही मे १३ का दिन युएईको सारजाहमा साधारणसभा आयोजना गरिएको थियो ।

नयाँ कार्यसमितिको दुई उपाध्यक्षमा नवराज दाहाल र सन्तोष भण्डारी चयन भएका छन् । महासचिवमा प्रकाश शर्मा खतिवडा, सचिवमा राजेश पोख्रेल र कोषाध्यक्षमा दिलिप दाहाल चयन भएका छन् ।

परिषदका सदस्यहरुमा प्रेम शर्मा, रमेश कडरिया, राम सापकोटा, कमला मैनाली, ज्योति बजगाई, नानु काफ्ले, दिपक ओडारी र मनोज घिमिरे छन् ।

समितिलाई नेपालबाट युवा परिषद केन्द्रीय समितिका महासचिव मात्रिका प्याकुरेलले बधाई तथा शुभकामना दिएका थिए । साथै अधिवेशनमा  संस्थापक अध्यक्ष घनश्याम नेपाल, सल्लाहकार समितिका लक्ष्मी दाहाल, राधाकृष्ण भट्टराई, गोविन्द प्याकुरेल तथा सन्तोष ढकालले शुभकामना दिएका थिए ।

उक्त अवसरमा संस्थाले संस्थापक अध्यक्ष घनश्याम नेपाललाई निजले निर्वाह गरेको अतुलनीय योगदानको कदर गर्दै दोसल्ला ओढाएर सम्मान गरेको थियो । नेपालका बिभिन्न ठाउँबाट युएईमा रोजगार र ब्यापारको सिलसिला आएका श्री कृष्ण प्रणामी अनुयायीहरुको समूहले दुर्व्यसन त्यागी शाकाहारी भोजन सेवन गरी सदाचारी भएर जीवनयापन गर्न सुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment