+
+

प्रधानमन्त्री ओलीले थप्पडी मार्दै भने ‘ट्रेलर राम्रो लाग्यो’

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ७ गते ११:३७

buddhaकाठमाडौं । चलचित्रसँग सम्बन्धि कार्यक्रममा बिरलै उपस्थित हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्मको पोष्टर रिलिज गरे ।

ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ को पोष्टर हेरेपछि थप्पडी मार्दै प्रधानमन्त्री ओलीले भने ‘ट्रेलर राम्रो लाग्यो ।’ कार्यक्रममा संस्कृतिमन्त्री आनन्द पोखेरलेलगायत अन्य मन्त्री भिआइपीहरुको उपस्थिती थियो ।

अन्तराष्ट्रिय बौद्ध सम्मेलनको अवसरमा होटल सोल्टीमा आयोजित विषेश कार्यक्रममा स्वदेशी एवं विदेशी पाहुनाहरुलाई चलचित्र देखाइएको थियो । चलचित्र हेरिसकेपछि दर्शकले स्यावासी दिएको नायक रमितले बताए । ‘हाम्रो फिल्म हेरेर पाहुनाहरु धेरै खुसी हुनु भयो ।’ अनलाइनखबरसंग कुरा गर्दै रमितले भने ।

बुद्ध नेपालमा जन्मेको भए पनि अमेरिका लगायत अन्य कतिपय मुलुकको विश्वविद्यालयमा बुद्ध भारतमा जन्मेका हुन् भनेर पढाइएको पाईकाले उक्त भ्रम चिर्नका लागि फिल्म बनाएको रमितको दाबी थियो ।

यस चलचित्रमा रमित ढुंगाना, अमित ढुंगाना, आशिष्मा नकर्मी लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?