+
+
Shares

पर्यटन प्रवर्द्धन गर्न ‘तालदेखि तालसम्म’ साइकल यात्रा सुरु

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७३ जेठ ७ गते १५:२१

७ जेठ, पोखरा । फेवाताल र रारा तालबीच सम्बन्ध स्थापित गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘तालदेखि तालसम्म’ साइकल यात्रा सुरु भएको छ ।

pokhara-to-rara-cycleबिरौटा क्लव पोखराको आयोजना तथा साईकल सिटी पोखराको सहआयोजनामा गरिएको साईकल यात्रामा २९ जना सहभागी छन् ।

टोलीमा एक जना विदेशीसहित साईकल सिटीका ११ र १७ जना क्लवका सदस्य रहेको साईकल सिटी पोखराका सल्लाहकार निरज थापाले जानकारी दिए ।

टोलीलाई शुक्रबार विहान फेवा किनार बाराहीघाटमा एक कार्यक्रम गरेर बिदाइ गरियो ।

टोली शुक्रबार सुर्खेत र शनिबार जुम्ला पुगेर बास बस्नेछ भने आइतबार रारा पुग्ने थापाले बताए ।

टोलीमा सहभागीहरुले अधिकांश गाडीमा यात्रा गर्नेछ भने सुगम केही ठाउँमा साइकल यात्रा गर्ने क्लवले जनाएको छ । टोलीले २४ घण्टा रारामा बिताउनेछ ।

पोखरा र मुगु तथा फेवा र राराबीच सम्बन्ध स्थापित गरेर दुवै ठाउँमा पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले आयोजित कार्यक्रमको अवसर पारेर वृत्तचित्र ‘सुनकली’ कि प्रमुख पात्र सुनकली अध्ययन गरेको विद्यालयमा खेल मैदान निर्माणका लागि सहयोग रकम पनि प्रदान गरिने बिरौटका क्लवका अध्यक्ष सूर्य वरालले जानकारी दिए ।

‘सुनकली’ वृत्तचित्र हेरेर आफूहरु प्रभावित भएकाले सहयोग गर्न लागेको उनले बताए । ‘सुनकली’ वृत्तचित्रमा मुगुको दुर्गम गाउँमा खेल मैदानको अभावका बाबजुद सुनकलीसहितको टोलीले फुटवल खेलेर उपाधि जितेको देखाइएको छ ।
त्यस्तै टोलीले मुगुको कल्चरको पनि अध्ययन अवलोकन गर्ने थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?