+
+

पूर्वाञ्चलमा रासायनिक मलको पर्याप्त मौज्दात

रासस रासस
२०७३ जेठ ८ गते ११:०७

rasayanik-mal-chemical-fert८  जेठ, विराटनगर । पूर्वाञ्चलमा यस वर्ष खेतीका लागि आवश्यक पर्ने रासायनिक मल पर्याप्तरुपमा सञ्चित गरिएको छ । विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ संस्थानले धानबाली खेतीका लागि पर्याप्त मल सञ्चित गरेको हो ।

कृषि सामग्री कम्पनीको गोदाममा १४ हजार मेट्रिक टन युरिया, चार हजार ३०० मेट्रिक टन डिएपी र २६२ मेट्रिक टन पोटास रहेको सो कार्यालयले जनाएको छ । मोरङ जिल्लाका लागि आठ हजार ३०० मेट्रिक टन युरिया, दुई हजार ३०० मेट्रिक टन डिएपी र ७० मेट्रिक टन पोटास भण्डारण गरिएको हो ।

तेस्रो मुलुकबाट आयातीत रासायनिक मल कोलकोत्ता बन्दरगाह हुँदै विराटनगर भित्रिने गर्छ । आज थप पाँच हजार मेट्रिक टन मल भित्रिने सो कार्यालयका प्रमुख अजय श्रीवास्तवले जानकारी दिए ।

पूर्वाञ्चलको धनकुटा, इटहरी, इलाम, विर्तामोड, लहान, राजविराज र गाईघाटको गोदाममा आवश्यकताअनुसार मल यतिखेर मौज्दात छ । पूर्वाञ्चल क्षेत्रमा यस वर्ष धानखेतीका लागि पर्याप्त मल उपलब्ध हुने देखिएको छ । मल भित्रिएपछि मोरङको कटहरी, राजविराज, लहान र चन्द्रगढी थप गोदामको व्यवस्था गरिएको कार्यालय प्रमुख श्रीवास्तवले बताए ।

त्यसैगरी, विराटनगरस्थित साल्ट ट्रेडिङको गोदाममा १० हजार मेट्रिकभन्दा बढी रासायनिक मल मौज्दात अवस्थामा रहेको र थप ६४५ मेट्रिक टन रासायनिक मल एक दुई दिनमै भित्रिने सो कार्यालयका प्रमुख नवीनचन्द्र झाले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?