Comments Add Comment

‘गाँठो’मा नाजिर, अभय र नम्रताको त्रिकोणात्मक सम्बन्ध(भिडियो)

1
सुरज भुषाल निर्देशित चलचित्र ‘गाँठो’ को क्यारेक्टर पोष्टर र एउटा गीत सार्वजनिक भएको छ ।’मौन’ र ‘होस्टेल रिटन्र्स’ निर्देशन गरेका भुषाल पछिल्लो पुस्ताका आशावादी निर्देशकका रुपमा चिनिन्छन् ।

मानविय सम्बन्धलाई सिनेमामा सुक्ष्म रुपले प्रस्तुत गर्न सिपालु निर्देशक भुषालले डेब्यु निर्देशन ‘मौन’ मा नम्रता श्रेष्ठलाई मुख्य भुमिकामा अभिनय गराएका थिए ।

यस चलचित्रमा उनले नव-नायिका नम्रता श्रेष्ठलाई डेब्यु गराएका छन् । ‘मौन’वाट पुरानी नम्रतालाई प्रसंसायोग्य अभिनय गराएका सुरजले नयाँ नम्रतालाई कस्तो अभिनय गराएका छन् हेर्न बाँकी छ । तर, नम्रताले निर्देशक भुषालको कामको तारिफ गर्दै राम्रो गरेको दाबी गरिन् । यसमा नम्रता मनोविज्ञानकी छात्रको रुपमा प्रस्तुत भएकी छिन् ।

यस चलचित्रमा नाजिर हुसेन, नम्रता श्रेष्ठ, अभय बराल, अरुणा कोईराला, ध्रुव कार्की लगायतको मुख्य भुमिका छ ।
भदौ ३१ मा रिलिज हुने उक्त चलचित्रले स्कुल-कलेजमा चित्रकला प्रतियोगिता गर्ने भएको छ । स्कुल, कलेज र ओपन विधामा यसले चित्रकला प्रदर्शनी गर्न लागेको हो ।

यस्तै, काठमाण्डौमा कार्यक्रमको आयोजना गर्दै चलचित्रको थीम गीत पनि रिलिज गरिएको छ । थीम गीतमा चलचित्रका मुख्य ३ कलाकार नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठलाई देखाइएको छ । बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा यो चलचित्रलाई तिलकबहादुर क्षेत्री र सुरज भुषालले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment