
९ जेठ, काठमाडौं । आगामी जेठ १६ गते लाओसबिरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलका लागि नेपाली प्रशिक्षक ग्यातुकी कोजीले २० सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् ।
प्रशिक्षक कोजीले आइतबार प्रशिक्षणमा रहेका ३३ खेलाडी मध्येबाट स्ट्राइकर अनिल गुरुङको कप्तानीमा २० जनाको टोली घोषणा गरेका हुन् । घोषित टोलीले काठमाडौंमा चार दिन प्रशिक्षण गर्नेछ ।
नेपालले आगमी जेठ १६ गते लाओसको राजधानी भियनटिनमा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल्दैछ । लाओस फिफा र्याङकिङमा १७६औं स्थानमा छ ।
प्रशिक्षक कोजीले घोषण गरेको टोलीका सदस्यहरुमा
गोलकिपरहरुः किरण चेम्जोङ र बिकेश कुथु
डिफेण्डरहरुः रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, देवेन्द्र तामाङ, कमल श्रेष्ठ र बिराज महर्जन
मिडफिल्डरहरुः प्रकाश बुढाथोकी, शुजल श्रेष्ठ, हेमन गुरुङ, बिक्रम लामा, बिशाल राई, राजेन्द्र रावल, अञ्जन विष्ट र जगजीत श्रेष्ठ
स्ट्राइकरहरुः अनिल गुरुङ (कप्तान), भरत खवास, नवयुग श्रेष्ठ र सुनिल बाल छन् ।
टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर लिगामेण्टको उपचारका लागि बेल्जियममा रहेकाले उनलाई टोलीमा समाबेश गरिएको छैन ।
प्रतिक्रिया 4