+
+

कांग्रेस र मधेसको सम्बन्ध सुमधुर छः सुजाता

सनिउल्ला धोबी सनिउल्ला धोबी
२०७३ जेठ ९ गते १७:५५

Sujata-koirala

९ जेठ, कपिलवस्तु । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेस र मधेसको सम्बन्ध सुमधुर रहेको बताएकी छन् । मधेसमा काग्रेसको पकड बलियो रहेको तर, केही नेताहरुले बदनाम गर्न खोजेको उनको भनाइ थियो ।

कपिलवस्तुको रामनगर गाविसमा अयोजित कार्यक्रममा नेतृ कोइरालाले अहिलेको अवास्थामा जसको सरकार भए पनि स्थानिय निकायको निर्वाचना गर्न कांग्रेसले सहयोग गर्ने बताइन् ।

मधेसका जनता अन्दोलनले अजित भएको अवस्थामा तराई मधेश विकास गर्नका लागि अर्थिक क्रान्तिको अवाश्यक रहेको उनको जोड थियो ।

अहिलेको सविधानले सबैको हक अधिकार समेटेको भन्दै उनले चित्त नबुझेका बुँदाहरु सशोधन गर्न सकिने बताइन् । मधेशका केहि नेताहरुले गर्दा तराई मधेसको विकास नभएको उनले अब मधेसका जनता अन्दोलन भन्दा पनि विकास निर्माणको कार्यमा सहभगी हुनु पर्नेमा जोड दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?