Comments Add Comment

नक्कली भारुको बजार बन्दै नेपाल

indian rupees१० जेठ, काठमाडौं । नक्कली भारुको कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई आफ्नो नयाँ बजार बनाउन थालेको छ ।

यसअघि नेपाल नक्कली भारु तस्करीमा ट्रान्जिट रुपमा मात्र हुने गरेकोमा ६ महिनायता कारोबार पनि हुने गरेको आजको नयाँ पत्रिकाले समाचार लेखेको छ ।

प्रहरीले ठूलो मात्रामा नक्कली भारुसहित दुईवटा गिरोहलाई पक्राउ गरी अनुसन्धान गर्दा नेपाली बजारमा ठूलो मात्रामा नक्कली भारु फैलिएको खुलेको हो ।

करिब ५५ लाख नक्कली भारुसहित प्रहरीले दुई साता लामो अप्रेसनमा काठमाडौं तथा तराईबाट सातजनालाई पक्राउ गरेको हो ।
उनीहरले एक करोडभन्दा धेरै भारु नेपाली बजारमा फैलाइसकेको खुलेको हो ।

नक्कली भारुको छपाइ तथा तस्करी गर्ने पाकिस्तानि समूहले नक्क्ली डलरको पनि कारोबार सुरु गरेको छ ।  प्रहरीले ३५ लाख नक्कली भारु बरामद गरेको समूहबाट १९ हजार अमेरिकी डलरसमेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment