१० जेठ, जुम्ला । कर्णालीमा पहिलो पटक जुम्लामा सञ्चालन गरिएको अपाङ्गता भएका व्यक्तिको राष्ट्रिय बास्केटबल तथा क्रिकेट खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
तीनदिने सो प्रतियोगिताको फाइनल बास्केटबलमा काठमाडौँ आर्मी टिम विजय भएको छ । यो टिमले २९ अङ्क ल्याई विजय हात पारेको थियो । उपविजेता जुम्लाले ११ अङ्क ल्याएको थियो भने कालीकोट तृतीय भएको थियो ।
यसैगरी क्रिकेट प्रतियोगितामा जुम्ला टिम विजयी भएको छ । जुम्लाले ७ विकेट गुमाउँदै २९ रनले विजयी भएको छ । कालीकोटले २९ रन ल्याए तापनि सबै विकेट गुमाउँदै उपविजेता बनेको छ ।
विजेता खेलाडीलाई सांसद ललितजङ शाहीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । उनले अपाङ्गता भएका व्यक्तिले केही गर्न सक्छन् र कर्णाली पनि राष्ट्रियस्तरको खेल सञ्चालन गर्न योग्य ठाउँ हो भनेर सन्देश दिएको बताए । ृनफे आगामी वर्ष आफ्नो संसद् विकास कोषबाट जुम्लाका अपाङ्गता भएका व्यक्तिलाई एक लाख सहयोग गर्ने वचन दिए ।
नेपाल पारा ओलम्पिक कमिटीका महासचिव कुमार पौडेलले कर्णालीका अपाङ्गता भएका व्यक्तिको खेल क्षेत्रको व्यवस्थापन तथा प्रवद्र्धनका लागि पहल गर्ने बताए ।
प्रतिक्रिया 4