Comments Add Comment

चलचित्र क्षेत्र लिक छाडेको रेल जस्तोः नीर शाह

nir-shah
नेपाली चलचित्र क्षेत्रका पुराना तथा पाका कलाकार नीर शाहले यो क्षेत्रप्रति असन्तुष्टी पोखेका छन् । उनले नेपाली चलचित्र क्षेत्र अफ ट्रायकमा जान थालेको बताए । नीर शाहले भने-‘हाम्रो चलचित्र क्षेत्र लिक छाडेर बाहिर गएको रेल जस्तो भएको छ । जुन रेल घिस्रन्छ मात्र, दौडन सक्दैन ।’

उनले बर्षभरि ४५० वटा चलचित्र बन्ने गरेपनि यो क्षेत्रले प्रगती गर्न नसकेको बताए । ‘चलचित्र क्षेत्रले विभिन्न कालखण्डमा विभिन्न खालका सुविधा भोग्न पाएको छ, तर गुणस्तरिय रुपमा अगाािड बढ्न सकेन, नीर शाहले भने-‘नेपाली चलचित्र क्षेत्रमा गुणस्तर प्राप्त हुन सकेन । खाली आकारमा मात्र ठूलो बन्ने काम भयो ।’

चलचित्र क्षेत्रप्रति असन्तुष्ट देखिएका यी चर्चित निर्देशकले यो क्षेत्रमा विसंगती र विकृती थपिएको भन्दै सामाजिक उत्तरदायित्व पुरा गर्न चलचित्र क्षेत्र असफल भएको बताए । एभिन्यूज पिक्चर्सको उद्घाटन कार्यक्रममा बोल्दै नीर शाहले भने-‘यहाँ त नहुने र अनाश्यक कुराको माग गर्दै मन्त्रीकोमा डेलिकेशन जाने काम बढ्यो । यो क्षेत्र मानसिक रुपमा थकित बच्चा जस्तो भयो ।’

उमेर अुनसार जति दिक्षित र शिक्षित यो क्षेत्र हुनुपर्ने हो, त्यो नभएको नीरको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment