+
+

नेविसंघका नेता भन्छन्-नेपालले मलेसियाको बिकासबाट पाठ सिक्नुपर्छ

रामचन्द्र नेपाल रामचन्द्र नेपाल
२०७३ जेठ ९ गते १७:२६

मलेसिया । मलेसिया भ्रमणमा रहेका नेपाल विधार्थी संघ म्याग्दीका सभापति तथा महाअधिवेशन प्रतिनिधि भरत वहादुर रकालले मलेसियाको विकासवाट नेपालले धेरै सिक्नु पर्ने वताएका छन् ।

Congress-Flagनेपाली जनसम्पर्क समिति मलेसियाले गरेको एक कार्यक्रममा वोल्दै रकालले भने-‘सवै पार्टीका नेताहरु मलेसिया आएका छन्, विकास देखेका छन्, तर ब्यवहारमा लागु गरेनन् ।’ लाखौं नेपालीहरुको श्रमले वनेको देश वाट नेपाली नेताहरुले धेरै कुरा ज्ञान लिएर नेपालको विकासमा लागु गर्न उनले आग्रह गरे ।

नेपाल दलित विधार्थी संघका केन्द्रीय अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि बीरवहादुर विकले युवाहरुलाई मुलुकमै रोजगारीको अवस्था सृजना गरी युवाहरुले स्वदेशमै काम गर्न पाउनु पर्छ भन्ने दवाव सृजना गर्नु पर्नेमा जोड दिए ।

जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीले देशलाई अगाडि वढाउन सवै एक हुनु पर्ने र विकासका कामहरु दु्रत गतिमा अगाडि वढनु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?