Comments Add Comment

सगरमाथामा एक भारतीयको मृत्यु, नेपाली शेर्पा सम्पर्कमा आए

everest

१० जेठ, काठमाडौं । सगरमाथा आरोहणका क्रममा सम्पर्कबिहीन भएका तीन नेपाली शेर्पा सम्पर्कमा आएका छन् ।

एक भारतीयआरोहीको मृत्यु भएको छ भने दुई जना अझै वेपत्ता छन् । पर्यटन विभागका महानिर्देशक सुदर्शन ढकालले सम्पर्कबिहीन भएका शेर्पाहरु सम्पर्कमा आएको बताए ।

भारतीय पर्वतारोहीहरु चुचुरो नजिकको ‘डेथ जोन’ भनिने इलाकामा वेपत्ता भएका हुन् । मृतकको शव भने तेस्रो र चौथो आधार शिविरको बीचमा भेटिएको छ ।

शुक्रबार मात्र सफल आरोहणपछि डच पर्वतारोही एरिक एरी अर्नाल्डको मृत्यु भएको थियो । शनिबार ३४ वर्षकी अष्ट्रेलियाली महिला मारिया सटि्रडमको र्फकने क्रममा ज्यान गएको थियो ।

थुपै खतराहरुका बबजुद नेपाली महिला आरोहीले शुक्रबार सातौं पटक सगरमाथा आरोहण गरेकी थिइन् ।

सर्वोच्च शिखर सगरमाथा आरोहणको यो मौसम गत वर्षको भूकम्पपछिको पहिलो सिजन हो । गत वर्ष वैशाखको भूकम्पका कारण सागरमाथामा १८ जनाको मृत्यु भएको थियो ।

यो वर्ष भने राम्रो मौसम भएका कारण ११ मेपछि मात्र ४०० बढीले सफल आरोहण गरेका छन् । तर, पछिल्लो साता भएको मृत्यु र वेपत्ताको खबरले विश्वको ध्यान सगरमाथातिर केन्द्रीत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment