१० जेठ, काठमाडौं- शिक्षक सेवा आयोगले रिक्त रहेका शिक्षक दरबन्दीमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । सोमबार एक विज्ञापन जारी गर्दै खुला प्रतियोगितामार्फत निम्न माध्यामिक तह तृतीय श्रेणीमा पदपूर्तिका विज्ञापन प्रकाशित गरेको हो ।
यसपपटक १ हजार १ सय १७ जना स्थायी शिक्षक माग भएको छ । पाँच वटै विकास क्षेत्रमा नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित विज्ञान, संस्कृत व्याकरण, संस्कृत भाष र कम्प्युटर विज्ञान विषयका शिक्षक पदपूर्तिका लागि लागि दरखास्त खोलिएको हो ।
भदौ ११ गते बिहान ८ बजे हुने परीक्षाका लागि असार १२ गतेसम्म दरखास्त दिन सकिने छ । परीक्षा केन्द्र सम्बन्धित क्षेत्रीय शिक्षा निर्देशनालयहरूले तोक्नेछन् ।
विज्ञापन हेर्नुस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4