Comments Add Comment

उमेर लुकाइन् कि वास्तविक नै ? १८ बर्षमा लागेकी आनालाई सरप्राइज ‘वर्थ डे’ केक

aana and aashirman
ललितपुरको एक रेष्टुरेन्टमा केही संचारकर्मीलाई समेत निम्तो गर्दै चलचित्र ‘ग्याङस्टार ब्लूज’को निर्माणपक्षले नायिका आना शर्मालाई सरप्राइज दियो । मिटिङ छ भन्दै बोलाएर नायिका शर्माको जन्मदिनको केक काटियो । आनाले आफूलाई मिटिङ छ भनेर बोलाएर सरप्राइज बर्थ डे सेलिब्रेशन गरिएको भन्दै खुशी व्यक्त गरिन् ।

आनाले आजबाट आफू १८ बर्षमा प्रवेश गरेको बताइन् । उनले उमेर लुकाइन् या सहि नै भनिन्, उनले नै जान्ने कुरा भयो । चलचित्र ‘ग्याङस्टार ब्लूज’का निर्माता सरोज न्यौपाने, निर्देशक हेमराज वीसी, कलाकारद्धय गौरव पहारी र आशिरमान देसराज जन्मदिनको केट काट्ने कार्यक्रममा उपस्थित थिए ।
aana birthday celibration aana birthday with gangstar bluz
यस्तै, कार्यकारी निर्माता मनिष पन्त, आनाकी आमा रचना, चलचित्र ‘गाजलु’का निर्माता रोहित अधिकारी, निर्देशक तथा सम्पादक सुरेन्द्र पौडेल सहभागी थिए ।

आनाले चलचित्र क्षेत्रमा आएर आफूले धेरै कुरा सिकेको र अझै धेरै कुरा सिक्न बाँकी रहेको बताइन् । कार्यक्रममा कलाकार आशिरमानका लागि पनि केक काटियो । आशिरमानले कक्षा १२ मा विशिष्ट श्रेणी ल्याएर उत्तिर्ण गरेका छन् । उनका लागि पनि वधाई केक चलचित्रको निर्माण यूनिटले काट्यो । आशिरमानले केक काटेर छेउमै रहेकी नायिका आना शर्मालाई खुवाएका थिए । फागुणबाट छायांकनमा जाने चलचित्रका लागि वर्कशप गरिनेछ । hemraj cake khuwaudai

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment