News Summary
Generated by OK AI. Editorially reviewed.- आईसिटी फाउन्डेसन नेपालको आयोजनामा असोज ४ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ हुने भएको छ।
- गत भाद्र ११ गते तय भएको कार्यक्रम रसुवाको बाढी–पहिरोका कारण स्थगित भएपछि परिमार्जनसहित पुनः आयोजना गर्न लागिएको हो।
- आइतबार बिहान ९ बजेदेखि सुरु हुने कन्क्लेभमा ५० भन्दा बढी विज्ञ वक्ता, २५ भन्दा बढी कम्पनी र ५०० भन्दा बढी सहभागी हुने अनुमान गरिएको छ।
१ असोज, काठमाडौं । आईसिटी फाउन्डेसन नेपालको आयोजनामा आगामी असोज ४ गते आइतबार पाँचौँ संस्करणको ‘डिजिटल नेपाल कन्क्लेभ’ हुने भएको छ ।
कन्क्लेभ ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुने भएको हो ।
यसअघि गत भाद्र ११ गते तय गरिएको यो कार्यक्रम रसुवामा आएको भीषण बाढी–पहिरोका कारण स्थगित भएको थियो । आयोजकका अनुसार उक्त स्थगित कार्यक्रमलाई थप परिमार्जन गरी पुन: आयोजना गर्न लागिएको हो ।
यस वर्षको कन्क्लेभको मुख्य थिम ‘बिल्डिङ डिजिटल रेजिलियन्स: रिडिफाइनिङ द गभर्नेन्स, डेटा एन्ड द डिजिटल इकोनोमी’ रहेको छ ।
कार्यक्रममा विशेष गरी विपद्को समयमा सक्षम, समावेशी र नागरिककेन्द्रित डिजिटल प्रणालीको प्रयोग एवम् विकासबारे गहन छलफल हुनेछ ।
आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालका अनुसार डिजिटल रूपान्तरण र डिजिटल इकोसिस्टम विकासलाई केन्द्रमा राखेर विगत पाँच वर्षदेखि यो कन्क्लेभ आयोजना हुँदै आएको छ । उनले यस वर्ष डिजिटल रेजिलियन्स, डिजिटल गभर्नेन्स, डेटा, एआई, सार्वजनिक सेवा र डिजिटल अर्थतन्त्रका विषयलाई प्राथमिकता दिइएको बताए ।
आइतबार बिहान ९ बजेदेखि सुरु हुने कार्यक्रममा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ वक्ताहरूको सहभागिता रहने कार्यक्रम संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए । कन्क्लेभमा तीनभन्दा बढी किनोट स्पिच, पाँचभन्दा बढी प्यानल संवाद, पावर संवाद, डिजिटल स्पार्क प्रस्तुति र डिजिटल लिडरसिप डाइलग सञ्चालन गरिनेछ ।
यस्तै, डिजिटल नेपाल र इन्नोभेसन इकोसिस्टममा कार्यरत २५ भन्दा बढी कम्पनीका प्रविधि तथा समाधानहरूको प्रदर्शनी गरिनुका साथै १० भन्दा बढी इन्नोभेसनले आफ्नो ‘आइडिया पिचिङ’ समेत गर्नेछन् ।
कार्यक्रममा सरकारी अधिकारी, नीतिनिर्माता, निजी क्षेत्र, प्रविधि उद्योग, स्टार्टअप, लगानीकर्ता, प्राज्ञिक क्षेत्र, विकास साझेदार र युवा नवप्रवर्तकसहित ५०० भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ ।
प्रतिक्रिया 4