Comments Add Comment

दुई उद्यमीलाई आर्थिक सहयोग

१२ जेठ, भोजपुर। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल जिल्ला महासङ्घ भोजपुरले जिल्लाका दुईवटा नयाँ उद्यमलाई सहयोग प्रदान गरेको छ ।

महासङ्घले बहुसरोकारवाला वन कार्यक्रममार्फत जिल्लाको पूर्वी याङ्गपाङ्ग गाविसमा स्थापना भएको बेतबाँस उद्योग र भोजपुर नगरपालिकामा स्थापना भएको जडीबुटी नर्सरीलाई आर्थिक अनुदान उपलब्ध गराएको हो ।

महासङ्घले याङ्गपाङ्ग गाविसमा स्थापित जाल्पादेवी बेतबाँस उद्योगका लागि एक लाख ७७ हजार रुपैयाँ उपलब्ध गराएको छ ।

cow-milkमहासङ्घले सहयोग प्रदान गरेपछि उद्योग सञ्चालक बलबहादुर दाहालले हाल बेतबाँसका विभिन्न सामग्री उत्पादन तथा बिक्री–वितरण गर्दैै आएका छन् । उनले सो उद्योगमा डालो, नाङ्लो, कुर्सी, टेबल, थुन्से, ट्रे लगायतका २० भन्दा बढी घरायसी सामग्री उत्पादन गरिरहेका छन् ।

त्यसैगरी, सदरमुकामको मातृभूमि कृषि तथा पशुपालन फर्मलाई पनि एक लाख ७७ हजार रुपैयाँ अनुदानस्वरुप उपलब्ध गराइएको कार्यक्रम संयोजक टेकबहादुर थापाले बताए ।  सो फर्ममा रुद्राक्ष, बाँस, ओखर, मोरिङ्गा, तेजपातलगायत विभिन्न प्रजातिका बिरुवा उत्पादन भइरहेको छ ।

आरआरएन नामक संस्थाको सहयोगमा बहुसरोकारवाला वन कार्यक्रम विगत ३ वर्षअगाडि देखि भोजपुरमा सञ्चालित छ । बहुसरोकारवाला वन कार्यक्रमले वन वातावरण, जलवायु परिवर्तन, आयआर्जन लगायतका क्षेत्रमा काम गरिरहेको आरआरएन भोजपुरका जिल्ला संयोजक विनयकुमार शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment