बुधबार, १ कार्तिक, २०७४
OnlineKhabar.com

असारे विकास तीब्र, धुलाम्य सडकमा ‘कार्पेट पीच’

प्रत्येक वर्ष एउटै सडकमा यसरी खन्याइन्छ पैसा

रवीन्द्र घिमिरे

bhairabha_road (2)१३ जेठ, काठमााडौं । दुई दिनपछि नयाँ अर्थिक वर्षको बजेट घोषणा हुँदैछ, जनतालाई बजेटमा कस्तो कार्यक्रम आउला भन्ने चासो छ । आजभोलि विकासे अड्डाका हाकिमलाई भने ठकेदारलाई योजनाहरुको भुक्तानी दिएर भ्याई नभ्याई छ ।

आर्थिक वर्ष सकिनै लाग्दा आफ्नो निकायमा आएको बजेट सकेसम्म कम मात्रामा फ्रिज भएको देखाउन र हतारमा काम गराएर त्यसको ‘अमूक फाइदा’ लिन जिम्मेवार सरकारी अधिकारीहरु लागेका छन् ।

तपाई राजधानीमा कतै हिँड्दै हुनुहुन्छ भने जतासुकै लेखिएको भेटिन्छ- ‘बाटो बन्द छ, निर्माण कार्य भइरहेको छ ।’ बटुवाहरु सवारी साधन रोक्छन् र गुनासो पोख्छन्- ‘वर्षायाममा बजेट सक्न र भ्रष्टाचार गर्न हतार-हतार यस्तो गरिएको हो । एउटै सडक प्रत्येक वर्ष पीच गरिन्छ राजधानीमा ।

जतात्यतै ‘कार्पेट पीच’

सरकारको नियमअनुसार जुनसकै सडक कालोपत्रे गर्दा न्यनतम ४४ मिलिमिटर अर्थात झण्डै ४ अम्बल हुनैपर्छ । तर, सडकमा १५ मिलिमिटर पनि मोटाइ भएको ‘कार्पेट पीच’ गर्ने क्रम तीब्र भएको छ ।

नियमअनुसार नबिगि्रएका सडकको स्तरोन्नति गर्दा मात्रै कार्पेट पीच गर्नुपर्ने हो । तर, पूर्ण रुपमा नयाँ कालोपत्रे गरिएका सडकमा पनि निकै कार्पेट पीच गरिँदैछ ।

road-pich-gardaiअस्फाल्ट (स्तरीय) पीचका लागि रकम लिएर कार्पेट पीच भइरहँदा सरकारी अधिकारीहरु मौन छन् । ठेकेदारहरु पनि अस्फाल्ट पीचको सम्झौता गरेर कार्पेट पीच गर्दैछन् । पीचका लागि ल्याइएका रोडा र अलकत्राको गुणस्तरबारे पनि सरकार बेखबर छ । सडकमा साना रोलरले पीचलाई सम्याइँदैछ । त्यसले पीचको दिगोपनामाथि प्रश्न उठाएको छ ।

अहिले अधिकांश सडकमा भइरहेको ‘कार्पेट पीच’सस्तो र कम गुणस्तरको हुन्छ । अस्फाल्ट पीच गरिएका सडक र त्यसको कालोपत्रे मजबुत र किफायती  हुन्छ ।

वर्षायाम लाग्दा सडकमा थुपारिएको कार्पेट पीच वषर्ाको भेलले बगाउने पक्कापक्की छ । अबको ३ महिनापछि यी सडकमा खाल्डो पर्न थाल्नेछन् र एक वर्षपछि सडक पुरानै अवस्थामा फर्किनेछ ।

ठेकेदारलाई मालामाल, सरकारी अनुगमन शून्य

ठेकेदारहररु पनि यही ‘हतारको विकास’मा चौका मार्दैछन् । सम्झौता गरेर वर्ष दिनभरि हराउने ठकेदार वर्षा लागेपछि काममा फर्किएका छन् । अधिकांश आयोजनाको फिल्डमा अहिले काम भइरहेजस्तो देखिएको छ । त्यसैले सबै विकासे अड्डाका अधिकारी विकासले निकै ‘गति’ लिएको बताउँदैछन् ।

वर्षालागेपछि विकासको ‘कागजी घोडा’ दौडिएको छ । हिजोआज सडकको कालोपत्रे मौलाउँदैछ भने सानादेखि ठूला निर्माण आयोजनाका कामको प्रगतिको दर दिन दुईगुणा रात चौगुणा भएको देखाइँदैछ ।

त्यसैका आधारमा सरकारको ढुकुटीबाट दिन-दिनै करोडौं विकास बजेट निकासा हुँदैछ । तर, फिल्डमा भएको कामको गुणस्तरियता हेर्न कुनै निकाय सक्रिय छैन ।

एउटा उदाहरण  

चालु आर्थिक वर्षको सडक विभागले झण्डै ४० अर्ब रुपैयाँ बजेट पायो । ११ महिनामा विभागले बल्ल तल्ल १६ अर्ब रुपैयाँको काम गरेको छ । विभागका प्रवक्ता दयाकान्त झा असार सकिँदासम्म विभागले झण्डै ३५ अर्व रुपैयाँ खर्च भइसक्ने बताउँछन् ।

‘अहिलेसम्म ४० प्रतिशत प्रगति हात लागेको छ’ झा भन्छन्-‘आर्थिक वर्ष सकिँदासम्म ८५ प्रतिशत प्रगति हात पार्ने लक्ष छ ।’ अहिले धरान-चतरा, बेलहैया-बुटवल, नेपालगञ्ज-कोहलपुरसहित उपत्यका विभिन्न सडकमा कालोपत्रेको काम भइरहेकाले ८५ प्रतिशत खर्च गर्न गाह्रो नपर्ने उनको तर्क छ ।

झाले भनेअनुसार विभागले रकम खर्च गर्ने हो भने अब दिनको झण्डै एक अर्ब रुपैयाँ खर्च गर्नुपर्छ । वर्षदिनभरि भएको काम भन्दा एक महिनाको काम धेरै भएको देखाएर त्यसै अनुरुप बजेट पनि निकासा पनि हुनेछ । यसको फाइदा २ महिनामा काम गरेर दश महिना हराउने ठेकेदारलाई सबै भन्दा बढी छ ।

Digging a road for Melamchi pipeline (16)असारे विकास

‘असारे विकास’को यो रोगले नेपाललाई लामो समयदेखि सताइरहेको छ । ११ महिना काम नगर्ने सरकारी निकाय असार लाग्ना जुर्मुराएका छन् । तर, यो असारे विकासले न जनतालाई फाइदा गरेको छ, न काम नै गुणस्तरीय भएको छ ।

काठमाडौंको धेरै क्षेत्रका सडकमा पि्र-मनसुन सुरु भएपछि सडकको कालोपत्रे सुरु भएको छ । हिउँदभरि धुलाम्य भएका सडकमा वषर्ा लाग्नै लाग्दा कालोपत्रे थालिएको छ ।

स्थानीय बासिन्दाहरु ‘वषर्ामा हिलो भोग्नु नपर्ने भयो भनेर गमक्क’ परेका छन् । तर, पानी वषिर्ंदा वषिर्ँदै गरिएको कालोपत्रे कति टिक्ला भन्ने चासो कसैलाई छैन । सडक कालोपत्रे गर्दा सरकारको न्युनतम् मापदण्डअनुसार नभएको चाल कसैले पाएका पनि छैनन् ।

२०७३ जेठ १३ गते १०:४० मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१३ प्रतिकृयाहरू प्राप्त
  • Ganga लेख्नुहुन्छ    |   २०७३ जेठ १३ गते ८:४२

    sbabi bhanda thulo kamjori janta kai ho.. harek thau ma kaam huda janta kohi na kohi teha absya hunxa. jaha chitta bujhdo kaam xaina, ekjut hunu hos birodh garnuhos media bolaunu hos… gadi le eauta kukhura hanyo bhane hami chakka jam garxau but aafnai agadi aafnai pasina arkale lutirakheko xa but hami chup xau .. janta najagi sarkarle kehi gardaina …

    0
    0
    Share

  • Ramprasad लेख्नुहुन्छ    |   २०७३ जेठ १३ गते ९:५९

    Haina janatale kasako taukoma hannu ta? Ye sadak bivag .tan Sansar ma kanun vanda ra eswar vanda mathi Ni rahesh dhanny chha Nepalka rajnitic netali

    0
    0
    Share

  • james लेख्नुहुन्छ    |   २०७३ जेठ १३ गते १०:२४

    ;(

    0
    0
    Share

  • रोजल श्रेष्ठ लेख्नुहुन्छ    |   २०७३ जेठ १३ गते १०:२८

    यो सबै सरकारको कम्जोर अनुगमनले गर्दा भएको हो ! जहाँ राम्रो अनुगमन हुन्छ येस्तो कुकर्म कसले गर्न सक्छन र !

    0
    0
    Share

  • Regmi लेख्नुहुन्छ    |   २०७३ जेठ १३ गते १०:४८

    Yo Budget ko time nai change grna prne vo. Yo budget chai kartik mugsir tira leuna prne. ali din ta chlxa bneko bato. asar ma hatar hatar ma bnauxa ani saun ma pani prera bigri halxa.

    0
    0
    Share

  • दिप लेख्नुहुन्छ    |   २०७३ जेठ १३ गते ११:०१

    हेलो सरकार, हेलो….. हेलो……
    रोडमा खाल्डो भएकोले त्रिपुरेश्वर चोक खालि हुदा पनि टेकु तिरवाट त्रिपुरेश्वर अाउने गाडिको अति नै जाम हुने गर्छ। उक्त ठाउँमा माथिको अलिकति खन्याई दिए जाम धेरै कम हुन्थ्यो। त्रिपुरेश्वर जाम को असर थापाथलि, टेकु र सिभिल मल सम्म हुने गर्छ।
    हेलो सरकार, हेलो….. हेलो……

    0
    0
    Share

  • Pushpa Shrestha लेख्नुहुन्छ    |   २०७३ जेठ १३ गते ११:३६

    एक दम सहि कुरा हो ओली सरकारको जय जय गर्नेहरु साँची ओली राम्रो भने एस्ता अधिकारी र ठेकेदारलाई कारवाही गरेर देखाऊ नत्र धेरै सपना नबाँद कति मुर्ख बनाउने सोझो नेपालीहरु लाई

    0
    0
    Share

  • सुनील लेख्नुहुन्छ    |   २०७३ जेठ १३ गते १२:०३

    तपाई अब पत्रकारिता छोडेर कस्तो पिच गर्ने र पिच को गुणस्तर कसरि कायम गर्ने engineer हरु लाई तालिम दिने काम मा लाग्नुस् महोदय l तपाई ले येसो पुल्चोक क्याम्पस तिर गएर पढाइ दिए engineer हरु को ज्ञान पूर्ण हुन्थ्यो कि !

    0
    0
    Share

  • Nirdosh Shahi लेख्नुहुन्छ    |   २०७३ जेठ १३ गते १२:०५

    barsha bhare sutne a ni sa da jhai budget sakkai commission khanna asare peech garne e nalayek sarkare karmachari + sarkar ko durgate hos. janata le dukha gare terek ko tax maathi khelbad. dhikar6 e nalayak sarkari mansita ko. justo sukai sasan aaye ni commission mai dubaune ko desh lai

    0
    0
    Share

  • भरत कुमार थापा लेख्नुहुन्छ    |   २०७३ जेठ १३ गते १३:०५

    यो असारे बिकाश सकिन्छ यसैपाली नसके अर्को बर्ष बाट रोक लगाइनु पर्छ ।
    १)असोजमा योजना अनुसारको उपभोक्ता समिति बनाउने वा टेन्डर गर्ने
    २)मंसिर मा तयारी
    ३)पौष देखि बैशाख सम्म निर्माण सम्पन्न गर्ने
    ४)सरकार ले अनुगमन गरि अन्तिम स्वीकृत गर्ने र भुक्तानी दिने
    ५)असारमा काम सम्पन्न भयो भएन निरीक्षण गरि सोही अनुसारको प्रतिवेदन दिनेे। धन्यवाद

    0
    0
    Share

  • krishna लेख्नुहुन्छ    |   २०७३ जेठ १३ गते १४:०६

    बिकास बजेट बर्षौनि यसरी नै सकाएका हुन्छन् । नेपालका नेता र कर्मचारीहरुको खराब नियत देख्दा छक्क लाग्छ । यहि बजेटले समयमा काम गर्ने हो भने त्यहि बजेटले त्यहि काम राम्ररी गर्न सकिन्छ । असारको शुरुमा मात्र कामको थालनी गरिनुले यिनीहरुको नियत खराब रहेको कुरा देखाउछ।

    0
    0
    Share

  • pardeshi लेख्नुहुन्छ    |   २०७३ जेठ १३ गते १४:४५

    पहिलो कुरा त यस्तो गर्ने लाई आइन्दा योजना नै णदिने
    भ्रस्तचारी हरु देश द्रोही हरु त हो
    खै कती कराउने बोल्ने र
    अब पनि हामी जनता यस्ता काम को बिरोध गरेनौ भने
    सधैं यस्तै रहने छ , बिकासको नाममा कालाचालझेल

    0
    0
    Share

  • mohan khatri लेख्नुहुन्छ    |   २०७३ जेठ १३ गते १७:२२

    aba dekhi bajet parit hune samaya sarnu parne bhayo magh, fagun ma matrai desko bajet aunu paryo ani chai ali ali bhayako kam pani kehi gudastariya huncha ki.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this