Comments Add Comment

भारतको रेडलाइट एरियामा बेचिएकी दुई नेपाली चेलीको उद्दार

Rape-Victim

१३ जेठ, काठमाडौं । गत वर्षको विनाशकारी भूकम्पपछि भारतको रेडलाइट एरियामा बेचिएकी दुई नेपाली चेलीको उद्दार गरिएको छ ।

दिल्लीस्थित जिवी रोड भारतकै ठूलो रेडलाइट एरिया हो । त्यही क्षेत्रबाट नेपाली चेलीको उद्दार गरिएको हो । वेलविखनविरुद्ध काम गर्दै आएका संघ संस्थाहरुले भूकम्पपछि बेचविखनका घटना बढेको बताउँदै आएका थिए ।

तर, वैशाख १२ को भूकम्पपछि बेचिएका चेलीको उद्दार भएको भनेे यो पहलो घटना हो । हिन्दुस्तान टाइम्सका अनुसार प्रहरीले अर्को एक युवतीको पनि खोजी गरिरहेको छ ।

स्रोतले बताए अनुसार युवतीले गुरगाउँमा रहेका नेपालीहरुको संस्थामा सम्पर्क गर्न सकेपछि यो उद्दार सम्भव भएको हो । सोमबार संघ संस्थाले प्रहरीलाई खबर गरेपछि बुधबार उनीहरुको उद्दार भएको छ ।

शक्ति बहिनी नामक संस्थाका ऋषिकान्तले भने, ‘भूकम्पपछि प्रभावित क्षेत्रका धेरै नेपाली महिला तथा युवतीहरुलाई जीबी रोडमा बेचिएको छ भनेर हामीले भन्दै आएका थियौं । तर, प्रहरीले उद्दारमा तदारुकता देखाएन । अहिले बेचिएकी युवतीले सम्पर्क गरेपछि उद्दार सम्भव भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment