Comments Add Comment

विद्युत निर्देशनालय बनाउने भन्दै उर्जाले ७ अर्ब माग्यो

१३ जेठ, काठमाडौं । उर्जा मन्त्रालयले उर्जा संकट निवारण तथा विद्युत विकास दशक कार्यान्वयनका लागि ७ अर्ब रुपैयाँ बजेट विनियोजन गर्न माग गरेको छ । मन्त्रालयले यसका लागि छुट्टै निर्देशनालय बनाउन प्रस्ताब गरेको छ ।

ministry of energy‘हामीले उर्जा संकट निवारण तथा विद्युत विकास दशकका लागि छुट्टै निर्देशनालय बनाएर कार्यान्वयन गर्नुपर्ने भनेर त्यसका लागि ७ अर्ब रुपैयाँ बजेट माग गरेका छौं,’ उर्जा मन्त्रालयका एक उच्च अधिकारीले भने ।

अर्थ मन्त्रालयले उर्जा मन्त्रालयको प्रस्तावअुसार बजेट दिने उनले विश्वास व्यक्त गरे । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि उर्जा मन्त्रालयलाई ४२ अर्ब रुपैयाँको बजेटको सिलिङ दिएको छ ।

त्यसबाहेक विशेष प्राथमिकताप्राप्त विद्युत आयोजनाका लागि छुट्टै र उर्जा संकट निवारण कार्ययोजना कार्यान्वयनका लागि ७ अर्ब रुपैयाँ बजेट माग गरिएको छ ।

९१ बुँदे कार्ययोजनामा विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीको विकास गरिने र भारतबाट विद्युत आयात गर्ने लगायतका कुराहरु उल्लेख छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment