+
+
Shares

कपिलवस्तु प्रशासनद्धारा रक्सीभट्टीमा छापा, ठूलो परिमाणमा कच्चा पदार्थ बरामद

सनिउल्ला धोवी सनिउल्ला धोवी
२०७३ जेठ १४ गते ८:०५

raksi_chapa१४ जेठ, कपिलवस्तु । कपिलवस्तुमा अवैधरुपमा सञ्चालित रक्सीभट्टी पसलमा प्रहरीले छापा मारेको छ ।

छापाका क्रममा प्रहरीले रक्सीभठ्ठीबाट ६ हजार घरेलु मदिरासहित २२ क्विन्टल कच्चा पदार्थ, ५० क्विन्टल सहायक कच्चा पदार्थ, विषादी, मदिरा उत्पादन गरी भण्डारण गरिने २ सय ओटा ठूला प्लाष्टिकका ड्रम, धातुका ठूला भाँडाकुँडा लगायतका सामग्री बरामद गरेको छ ।

अबैध घरेलु मदिरा उत्पादनको मुख्य केन्द्र मानिने वनकट्टीलाई पटक पटक सचेत गराउँदा समेत अटेर गरी मदिरा उत्पादनमा तीब्र जनगुनासो बढेपछि छापा मार्नु परेको इलाका प्रशासन कार्यालय चन्द्रौटाका उपसचिव मेघनाथ पाध्याले जानकारी दिए ।

जिल्लास्तरीय अबैध मदिरा नियन्त्रण समितिको संयोजन,  आन्तरिक राजस्व कार्यालय कृष्णनगरको सक्रियता र इलाका प्रशासन कार्यालय चन्द्रौटाको सहकार्यमा अबैध घरेलु मदिरा नियन्त्रणका लागि पुनं छापा मारिएको हो ।

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको वनकट्टीमा अबैध रुपमा खोलिएका मदिराभठ्ठीको दुर्गन्धले त्यसक्षेत्रबाट आवतजावत गर्ने सर्वसाधारणले ठूलो सास्ती बेहोर्नुपरेको जनगुनासो बढेको भन्दै अबैध मदिरा उत्पादन कार्यलाई पूर्ण रुपमा बन्द गर्न पहल चालेको उपसचिव पाध्याले बताए ।

दुई दिन अघि जेठ १० गते ठूलो परिमाणमा अबैध घरेलु मदिरा सहित कच्चा पदार्थ बरामद गरेपनि मदिरा उत्पादन कार्य नरोकिएपछि पुनः छड्के अनुगमन सहित छापा मारेको पाध्याको भनाइ छ ।

यता आन्तरिक राजस्व कार्यालय कृष्णनगरका कर अधिकृत सुरेन्द्र पाण्डेले अबैध रुपमा उत्पादित मदिराले सर्वसाधारणको स्वास्थ्यमाथि ठूलो खेलवाड भएको र राजस्व असुलीमा असर पर्ने भएको हुँदा यस किसिमको कार्यलाई निरुत्साहित पार्न अबैध घरेलु मदिरा नियन्त्रणमा राजस्व कार्यालयले सक्रियता बढाएको बताए ।

raksi_chapa_kapilbastu (1)अनुगमनका क्रममा कर अधिकृत पाण्डेयले स्थानीयलाई यस किसिमको अबैध कार्य बन्द गरी अन्य सम्मानजनक व्यवसायतर्फ उन्मुख हुन स्थानीयलाई सुझाव दिए ।

अनुगमनसँगै सशस्त्र प्रहरी बल विन्ध्याबासिनी गण चन्द्रौटाका प्रहरी उपरीक्षक हृदयनारायण मण्डल, इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्याल, वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक राजकुमार शिलवाल, इलाका प्रशासनका सुब्बा सुभाषचन्द्र बरई, आन्तरिक राजस्व कार्यालयका सुब्बा हुमबहादुर विष्ट, सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र कुमार श्रेष्ठ, वडा प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक रामप्रसाद आचार्य, संचारकर्मी लगायत झण्डै एक सय जनाको टोली त्यस क्षेत्रका विभिन्न घरमा पुगी छापा मारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?