Comments Add Comment

ऐश्वर्याको वारेमा टिप्पणी गर्नु ठिक होईनः रणदिप

aishryaमुम्बई । हालै रिलिज भएको फिल्म ‘सरबजीत’ मा मूख्य भुमिका निर्वाह गरेका रणदिप हुड्डाले अभिनेत्री ऐश्वर्या रायले निकै मेहनत गरेर अभिनय गरेको बताएका छन् ।

उमंग कुमार निर्देशित चलचित्र ‘सरबजीत’ मा अभिनेता रणदिप हुड्डाको चौतर्फी प्रसंसा भइरहेको छ । तर, अभिनेत्री ऐश्वर्या राय बच्चनको भने आलोचनात्मक टिप्पणी भइरहेको छ ।

हरेक कलाकारले आफ्नो वारेमा भएको टिप्पणी स्वीकार्दै फेरि गल्ति नदोर्‍याउने प्रतिबद्धता जनाउनुपर्ने उनको भनाई छ ।

ऐश्वर्याको कामको वारेमा उनलाई सोधिएको प्रश्नमा उनले भने ‘उहाँ मेरो सह-कलाकार हो, उहाँको वारेमा नकारात्मक टिप्पणी भएको मलाई राम्रो लाग्दैन ।’

उनी भन्छन् ‘मलाई थाह छ उहाँले यो भुमिकाको लागि दिलो ज्यान दिएर काम गर्नु भएको थियो ।’ हरेक आलोचनालाई सकारात्मक रुपमा लिने रणदिपले आफ्नो अभिनयको आफैंले आलोचना गर्ने पनि उनले बताए ।

सरबजीत मसलावाला फिल्म नभएकाले पनि कलेक्सन थोरै भएको उनको भनाई थियो । अभिनयकै कारण अभिनयमा पृथक छाप छाड्न सफल रणदिपले सलमानको ‘सुल्तान’ मा कोचको भुमिका निर्वाह गरेका छन् । सुल्तानमा सलमानले अहिलेसम्मकै राम्रो अभिनय गरेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment