Comments Add Comment

सांसदको सुविधा बढाइयो, एकजना सांसदलाई साढे ३ करोड बजेट

samsad

१५ जेठ, काठमाडौं । सरकारले सांसदहरुले पाउँदै आएको सुविधा बढाएको छ । सांसदहरुले पाउने विकास बजेटमात्रै होइन, व्यक्तिगत सुविधामा समेत बढोत्तरी गरिएको छ ।

सरकारले नयाँ आर्थिक वर्षदेखि निर्वाचित एकजना सांसदलाई साढे ३ करोड रुपैयाँ बराबरको बजेट दिने भएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषमा ३ करोड रुपैयाँ र सांसद विकास कोषलाई ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा छुट्याइएको ३ करोड बजेट निर्वाचित सांसदको नेतृत्वमा खर्च गर्नुपर्ने छ भने सांसद विकास कोषमा छुट्याइएको ५० लाख बजेट मनोनित सांसदले  व्यक्तिगतरूपमा खर्च गर्न पाउने  छन् ।

सांसदहरुले घरभाडा बापत पाउँदै आएको सरकारी रकम बढाएको छ । सांसदहरुको तलब र सुविधा थप गर्दा विरोध हुने देखिएपछि चोरबाटोबाट घरभाडा सुविधा बढाइएको हो ।

सांसदहरुलाई सोझै बजेट दिँदा त्यसको दुरुपयोग भएको भन्दै कतिपयले नै खारेजीको माग गरिरहेका बेला सरकारले बजेट बढाएको हो ।

यो पनि पढ्नुहोस्

निर्वाचन क्षेत्र विकास कोष खारेज होस् गगन थापा

यसअघि सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषका लागि डेढ करोड र संसद विकास कोषमा २० लाख रुपैयाँ बजेट दिँदै आएको थियो ।

त्यसैगरी, सरकारले सांसदलाई दिइने घरभाडाको रकम बढाएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment