Comments Add Comment

टिभिएस मोटर कम्पनीको ६३औं शो-रुम विर्तामोडमा

TVS-Zest-Scooter
१६ जेठ, काठमाडौं । जगदम्बा मोटर्सले विर्तामोडमा पाथीभरा अटोलिङ्कमा नयाँ थ्री एस सुविधासहितको अत्याधुनिक शो-रुमको उद्घाटन गरेको छ ।

शो-रुम उद्घाटनको सप्ताहभर विभिन्न र्‍याली, प्राविधिकहरुसँगको भेटघाट तथा अन्य विभिन्न उत्साहजनक कार्यक्रमको  आयोजना हुने छ ।

शो-रुममा नेपालमा विक्री थालनी गरिएको टिभिएसका सम्पूर्ण बाइक तथा स्कुटरहरु, अपाचे १६० सि सि, अपाचे १८० सिसि, जुपिटर, विगो, जेस्ट, स्पोर्ट १००, फिनिक्स १२५ र स्टारसिटी प्लस ११० उपलब्ध छन् ।

अत्याधुनिक शो-रुमले आˆनो उत्कृष्ट सेवा र स्पेयर पार्टस मार्फत नेपाली मोटरबाइक पारखीमा थप उत्साह ल्याउने विश्वास लिइएको छ ।
साथै, ग्राहकलाई ‘एक्सचेञ्ज’ तथा ‘फाइनान्स’ को विशेष सुविधा सम्बन्धी जानकारी पनि यस शो-रुमले उपलब्ध गराउने छ ।

विर्तामोडस्थित ‘थ्रीएस’ सुविधासम्पन्न यस शो-रुमको उदघाटनसँगै टिभिएस मोटर कम्पनिले नेपालभरी ६३ वटा शो-रुममा आफ्नो सञ्जाल विस्तार गरेको छ । कम्पनीले यिनै सोरुमहरुबाट सेल्स, सर्भिस र स्पेयर्स प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment